coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त ९ वर्षपछि अभियुक्त

कर्तव्य ज्यान मुद्धामा ९ वर्षदेखि फरार हंसराज राई । तस्बिर सौजन्यः जिप्रका खोटाङ

खोटाङ– कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत खोटाङबाट २०६७ साल असार २८ गते १० वर्ष कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ५१ वर्षीय हंसराज राईलाई प्रहरीले पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका राईलाई खोजतलास गर्नेक्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको डिएसपी वामदेव गौतमले बताए । पक्राउ परेका प्रतिवादीलाई शुक्रबार जिल्ला अदालतका उपस्थित गराइए लगत्तै अदालतको आदेशमा कारागार चलान गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App