coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पिजे क्लबले फोटो प्रतियोगिता गर्ने

काठमाडौं- पिजे क्लबले लिटरेसी एन्ड मल्टी लिङग्लेलिज्म फोटो कन्टेस्ट गर्ने भएको छ।
युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा क्लबले उक्त कन्टेस्ट गर्न लागेको हो।

 'बहुभाषिक परिबेशमा साक्षरता अभिबृद्धि'  भन्दै उक्त प्रतियोगिता गर्न लागिएको हो। उक्त फोटो प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन्। यसैगरी सान्त्वनास्वरुप अर्को दुई जना फोटोग्राफरले २५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताका लागि फोटो दर्ता आजैबाट सुरु भएको क्लवले जनाएको छ। फोटो पठाउँदा प्रतियोगीले कुनै शुल्क तिर्नुपर्ने छैन। विश्वको जुनसुकै देशका फोटोग्राफरले पनि फोटो पठाउन सक्नेछन्। तर फोटोग्राफर आफैले नेपालमा खिचेको फोटोमात्र पठाउन सक्नेछन्। प्रत्येक सहभागीले बढिमा ६ वटासम्म फोटो पठाउन सक्नेछन्।
प्रतियोगीले यही २०१९ अगस्ट ३१ (२०७६ भदौ १४ गते) को मध्यरातसम्ममा फोटो पठाइसक्नुपर्नेछ। विजेताको घोषणा अन्तर्राष्ट्रिय शाक्षरता दिवसको अवसर पारेर २०१९ सेप्टेम्बर ८ (२०७६ भदौ २२ गते) हुनेछ।
 

 

प्रकाशित: ३१ श्रावण २०७६ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App