नेकपा स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल, बामदेवलाई उपाध्यक्ष प्रस्ताव

शुक्रबार, ३१ साउन २०७६, १४ : ५७ नागरिक

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्। शुक्रबार बसेको नेकपा सचिवालयको बैठकले पोख्रेललाई  स्कुल विभागको जिम्मेवारी दिएको हो। 

स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले दाबी गर्दै आएका थिए। त्यस्तै भीम रावल, घनश्याम भुसाल, वेदुराम भुसाल, राम कार्कीलगायतले पनि स्कुल विभागको नेतृत्व दाबी गर्दै आएका थिए। तर, पछिल्लो समय पूर्वमाओवादीले स्कुल विभागलाई नै प्रतिष्ठाको विषय नबनाउने भन्दै लचिलो बनेको थियाे।

आजको सचिवालय बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ। त्यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल,  प्रचारमा नारायणकाजी श्रेष्ठ, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले नेता वामदेव गौतमलाई नेकपाको उपाध्यक्षमा प्रस्तावित गरेको स्रोतले जनाएको छ। पार्टी विधानमा उपाध्यक्षको व्यवस्था नभएपनि गौतमलाई ओलीकै इच्छामा उपाध्यक्ष प्रस्ताव गरिएको हो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad