४ वैशाख २०८१ मंगलबार
समाज

समर्थककाे प्रदर्शनपछि पछाडिको गेटबाट अदालत लगियो रविलाई

काठमाडाैं -  प्रहरीले केही दिन अघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा संलग्न रहेको अशंका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल, र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालतमा उपस्थित गराएको  हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरु तीनै जनालाई पछाडीको गेटबाट अदालत लगिएको जनाएको छ।

लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् भने कार्की कलंकीबाट पक्राउ परेकी हुन् । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।

प्रहरी स्रोतका अनुसार लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ मा अनुसन्धान प्रभावित हुने गरी विषयवस्तु तयार भएको सूचना पाएपछि पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र  कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।

प्रकाशित: ३१ श्रावण २०७६ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App