८ वैशाख २०८१ शनिबार
समाज

पेट्रोल बम विस्फोट हुँदा नेपाली सुरक्षा गार्ड घाइते

काठमाडाैँ - पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । मलेसियाकाे तनम डनौ कोताको आवासीय भवनमा विस्फोट हुँदा परिचय खुल्न नसकेकाे नेपाली सुरक्षा गार्ड घाइते भएका हुन् । शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोट भएकाे थियाे।

मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली को हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ । उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन् ।

विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा समेत क्षति पुगेको छ । उक्त आवासीय भवनमा लामाे समयदेखि ती सुरक्षा गार्ड कार्यरत रहेका थिए।

क्वालालम्पुर फायर एन्ड रेस्क्यु अपरेशनका प्रवक्ताका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोट कसले गरायो भन्ने जानकारी अहिले सम्म खुलेको छैन।

प्रकाशित: ३१ श्रावण २०७६ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App