अनियमितताको गुनासो बढेपछि व्यवस्थापन समिति खारेज

शुक्रबार, ३१ साउन २०७६, ११ : ४१ नागरिक

भक्तपुर - दातृ निकाय र व्यक्तिव्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ ।

नेपाल अबुद्र्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन गरी वर्षौंदेखि अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो समिति खारेज गरी नयाँ समिति गठन गरेको जानकारी दिएको छ ।

नगरपालिकाले नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी गठन गरिएको समितिमा नेपाल अर्बुद्ध रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् । समितिमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यका रुपमा चयन गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

लोकेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको व्यवस्थापन समितिका पदाधिकारीबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको सञ्चारमाध्यम, कर्मचारी र स्थानीय बासिन्दाबाट व्यापक गुनासो आएको र त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवं कर्मचारीबाट सङ्घर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

स्थानीय जनताप्रति उत्तरदायी रही बिरामीलाई कम शुल्कमा स्तरीय उपचार गर्नुपर्नेमा व्यवस्थापन समितिमा रहेका केही व्यक्तिले व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको र यस विषयमा नगरपालिकाका जनप्रतिनिधिले पटकपटक व्यवस्थापन

समितिका पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अस्पतालको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी नगर कार्यपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको उनको भनाइ छ । नगर प्रमुख प्रजापतिले भन्नुभयो, “अस्पतालमा अनियमितता भएको विषयमा जान्न बुधबार पनि हामी गयौँ, पटकपटक बोलाउँदा पनि अध्यक्ष, महासचिव आएनन्, बिहीबार पनि हामी गयौँ, पटकपटक बोलाउँदा नआएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गर्नुपरेको हो अब अस्पतालका सबै अनियमितताबारे छानविन हुन्छ ।”
    
अस्पतालका अध्यक्ष श्रेष्ठ र महासचिव होडाले फार्मेसीदेखि ल्याबसम्म भाडामा दिएर कमिसन लिँदै आएको, विभिन्न सामान खरीदमा घोटाला गरेको, दाताले दिएको रकमको दुरुपयोग गरेको, अध्यक्षले अस्पतालको गाडी दुरुपयोग गरी बागबजारमा रहेको आफ्नो होटलमा समेत प्रयोग गरेको, अस्पतालभित्र व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

नगरप्रमुख प्रजापतिले अस्पतालभित्र भइरहेको भ्रष्टाचार र आर्थिक अनियमितताको विरोधमा सङ्घर्षरत स्थानीय जनता, भक्तपुर क्यान्सर अस्पताल कर्मचारी, कल्याणकारी समिति र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको सञ्चालन एवं व्यवस्थापनको जिम्मेवारी लिन नगरपालिकामा लिखित अनुरोध पत्र आएपछि अस्पताललाई व्यवस्थित ढङ्गबाट सञ्चालन तथा बिरामीलाई स्तरीय उपचार सेवा प्रदान गर्न पुरानो समिति भङ्ग गरी नयाँ समिति गठन गर्ने निर्णय गरिएको बताए। क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको तर्फबाट ११ रोपनी जग्गा प्रदान गरिएको थियो । विसं २०५३ मा तत्कालीन नगर प्रमुख प्रेम सुवालसमेत रहेको समिति र त्यसपछि पनि नगरपालिकालाई समितिमा राखे पनि कुनै पनि बैठकमा नबोलाउने गरेको नगरपालिकाको भनाइ छ ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad