१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधनकाे अन्तर्बस्तुमा छलफल भएको छैनः भट्टराई

लहान–सरकारले सबै दलको सहमतिमा संविधान संशोधन संसदमा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइरहेका बेला प्रमुख प्रतिपक्ष एमाले सचिव योगेश भट्टराईले संविधान संशोधनका विषयमा कुनै छलफल नभएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग संविधान संशोधनका विषयमा सहमति अन्तिम चरणमा पुगेको बताइरहँदा एमाले सचिव भट्टराईले संशोधनको अन्तरबस्तुमा सत्ता पक्षसँग कुनै छलफल नै नभएको बताएका हुन्।

शनिबार लहानमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भने,‘संविधान संशोधनको ‘कन्टेन्ट’ मा एमालेसँग कुनै छलफल भएको छैन। म पार्टीको सचिवको हैसियतमा आधिकारिक कुरा बोल्दै छु। कुन कुन धारा, उपधारामा संशोधन गर्ने हो सत्तापक्षले हामीसँग औपचारिक छलफल गरेकै छैन्।’

समोसा र चिया गफमा मधेसी दललाई अल्झाउने बाहेक सत्ता पक्षले केही नगरेको र गर्न पनि नसक्ने उनको भनाइ थियो। ‘हामीले मधेसी दलका नेताहरुलाई स्पष्ट भनेका छौं पहिला सत्ता पक्षसँग सहमति गरेर आउनुस्,’ उनले भने,‘सत्ता पक्ष सहमत भएपछि हामी छलफल गरौंला।’

नले थपे,‘सत्ता पक्षले एमालेको कारण संशोधनमा अलमल भएको भन्छ भने पहिला प्रस्ताव त ल्याओस्। प्रस्ताव औपचारिक रुपमा आएपछि हामी छलफल गर्न तयार छौं ।’ मधेसको असहमति सामाधान हुने गरी औचित्यपूर्ण प्रस्ताव सत्ता पक्षले ल्याउनुपर्ने उनले जनाए।    

 

प्रकाशित: २७ कार्तिक २०७३ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App