coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

हाँस्यव्यंग्यको रौनक घट्दो

काठमाडौं - गाईजात्रा भन्नसाथ हाँस्यव्यंग्य गर्ने परम्परागत व्याख्या परिवर्तन हुँदैछ। कारण, गाईजात्रामा केन्द्रित हाँस्यव्यंग्य परम्परा हराउँदैछ। मल्लकालमा सुरू भएको गाईजात्रा केन्द्रित हाँस्यव्यंग्य परम्पराले पछिल्लो समय विभिन्न स्टेजहरू पाउने गरेका थिए।

राजनैतिक र सम–सामाजिक विषयमाथि व्यंग्य गर्दै आयोजना हुने गाईजात्रा विशेष कार्यक्रमहरू सुरुवाती दिनमा टिकाउन भने सहज थिएन्। हाँस्यकलाकार मनोज गजुरेलका अनुसार राजनैतिक अस्थिरतामाथि व्यंग्य गर्दै आयोजना हुने गाईजात्रा विशेष कार्यक्रमहरूको प्रतिक्षा गरेर बस्ने दर्शकहरू कम भईसकेका छन्। ‘हाँस्यव्यंग्यसम्बन्धी विभिन्न सोहरू आयोजना भईरहने हुँदा गाईजात्रा विशेष कार्यक्रमको प्रतिक्षा गरेर बस्ने दर्शकहरूको संख्या घट्दो छ। राजनैतिक विषयमा केन्द्रित रहेर आयोजना हुने हाँस्यव्यंग्यले सामाजिक परिवर्तनमा जोड दिन सकिरहेको छैन्,’ उनले भने, ‘गाईजात्रामा अश्लिल कुराहरु भित्रिएका छन्। यसलाई गाईजात्रा कसरी भन्न सकिन्छ ?’ सामाजिक सञ्जालमा हाँस्यव्यंग्यको पहुँज सहजै हुनेभएकाले

विभिन्न हलमा टिकट काटेर दर्शकहरू पुग्छ छाडेको तर्क उनले गरेका छन्। उनी सात प्रदेशमा आयोजना हुन लागेको गाईजात्रा विशेष कार्यक्रम सहभागि हुँदैछन्। उनीसहित गाईजात्रा विशेष कार्यक्रममा शैलन्द्र सिम्खडा, सुरेन्द्र केसी  र सुवोध गौतम लगायत कलाकारहरुले प्रस्तुति दिदैँछन्। गाईजात्रा भनेको परम्परा समेत भएकाले दोहोरो अर्थ लाग्ने संवादहरू हटाएर कलात्मक शैलीमा हाँस्यव्यंग्य गर्न सकिने उनले बताए।

हाँस्यकलाकार तथा अभिनेता दीपकराज गिरीका अनुसार गाईजात्रा विशेष कार्यक्रमको रौनकता हराउँदै गएको छ। हाँस्यकलाकारहरूले गाईजात्रा विशेष कार्यक्रमका लागि हल नपाउँदा र विभिन्न स्ट्यान्डप कमेडी सोहरूका कारण यसलाई निरन्रता दिन नसकेको तर्क राख्छन्। ‘पछिल्ला वर्षमा गाईजात्रा विशेष कार्यक्रमहरूको रौनकता घटेको छ। त्यसमाथि गाईजात्रा विशेष कार्यक्रमका लागि हल नपाउँदा र विभिन्न स्ट्यान्डप कमेडी सोहरू आयोजना भइरहने हुँदा दर्शकहरू अभाव हुन थालेका छन्,’ उनले भने, ‘गाईजात्रा विशेष कार्यक्रममा दोहोरो अर्थ लाग्ने संवादहरूले चर्चा पाउन थालेका छन्। यसले हाम्रो संस्कृतिलाई व्यंग्य गरेको छ।’ उनीले विगत दुई वर्षदेखि गाईजात्रा विशेष कार्यक्रममा सहभागी भएर प्रस्तुति दिएका छैनन्।

कमेडियन आयुष श्रेष्ठ भने गाईजात्रामा आयोजना कमेडी शो सहभागी हुँदैछन्। सामाजिक विषयमा व्यंग्य गर्दै आएका उनी समाजमा घटेका घटनालाई आधार बनाएर संवादहरू तयार हुने तर्क राख्छन्। ‘

स्ट्यान्डप कमेडीहरू दिनँहूजस्तो आयोजना हुने भएकाले गाईजात्रा विशेष कार्यक्रमको प्रतिक्षा गरिरहनु पर्दैन्। हामी कमेडीमार्फत दर्शकहरुलाई मनोरञ्जन दिदै आएका छौं। समाजमा भएका विषयलाई केन्द्रित गरे व्यंग्य गरिने हुँदा हामीले संस्कृति विगारेको आरोप खेप्नुपरेको छ,’ उनले भने।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङका अनुसार गाईजात्रा विशेष कार्यक्रममा अश्लिलता र राजनैतिक व्यंग्य तुलनात्मक रूपमा धेरै भएकाले रौनक घट्दै गएको हो।
 

 

प्रकाशित: ३१ श्रावण २०७६ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App