coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गेलको बिदाइ अझै पर

पोर्ट अफ स्पेन – धेरैको अनुमान थियो, बिहीबार भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलसँगै वेस्ट इन्डिजका क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटजीवनबाट बिदाइ लिनेछन्। तर गेलले सबैको अनुमान गलत साबित गरिदिएका छन्।

अन्तिम मानिएको खेलमा ३९ वर्षे गेलले ७२ रन जोडे पनि टोलीको हार भने टार्न सकेनन्। तर केही दिनअघि मात्र ब्रायन लाराको नाममा रहेको वेस्ट इन्डिजका तर्फबाट एकदिवसीय क्रिकेटमा सर्वाधिक रन प्रहार गर्ने कीर्तिमान तोडेका गेलले बुधबार कुनै घोषणा गरेनन्। उनले यसबारे कुनेै प्रतिक्रिया नदिएसँगै उनको संन्याससमेत लम्बिएको हो।

इङ्ल्यान्ड क्रिकेट विश्वकपपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका गेलले जुनमा सो निर्णय परिवर्तन गरेका थिए। वेस्ट इन्डिजका ओपनर गेलले अन्य खेलमा ४५ नम्बरको जर्सी लगाउने भए पनि बुधबार भने ३ सय १ नम्बरको जर्सी लगाएका थिए। जुन उनको एकदिवसीय खेलको संख्या पनि हो। तर गेलले ४१ बलमा ७२ रन जोडे पनि टोलीको हार भने टार्न सकेनन्।

यस क्रममा गेलले ६२ रन बाउन्ड्रीमार्फत जोडेका थिए। वर्षाले प्रभावित बनेको खेल भारतले डकवर्थ लुइस पद्धतिमा आफ्नो पक्षमा पारेको थियो। भारतका कप्तान विराट कोहलीले गेल अद्भुत खेलाडी भएको र विश्व क्रिकेटले उनको अनुपस्थिति महसुस गर्ने बताए। तर गेलले भने खेलपछि  संन्यास घोषणा नगरेको प्रतिक्रिया दिएका थिए।
गेलले भारतविरुद्धको २ टेस्ट शृंखला खेल्ने इच्छा भएको खुलासा गरे पनि उनलाई टेस्ट टोलीमा भने समावेश गरिएको छैन। दुई टेस्ट शृंखलाअन्तर्गतको पहिलो टेस्ट २२ अगस्टमा सर भिभ रिचार्ड्स मैदानमा सुरु हुनेछ। गेलले एकदिवसीय क्रिकेटबाट संन्यास घोषण नगरेर सबैको अनुमान गलत साबित गरिदिएका छन्।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App