८ वैशाख २०८१ शनिबार
खेल

ज्ञानदीपको जित

काठमाडौं – ज्ञानदीपले बिहीबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ । ज्ञानदीपले इस्ट पोललाई १७–४ ले पराजित ग¥यो । ज्ञानदीपका केशव मगरले ६ अंक जोडे ।

सिनियर ब्वाइजमै टिआइएले छहारीलाई ५५–२३ ले हरायो । टिआइएका सान छन्त्यालले २३ स्कोर गरे । बौद्ध इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा द चाँदबाग स्कुल र रूपिज इन्टरनेसनल स्कुलले सफलता पाए ।

चाँदबागले ड्याफोडिललाई ३१–२३ ले पाखा लगायो । चाँदबागकी सुर्मा थेबेले १० अंक जोडिन् । रूपिजले न्यु बुद्ध प्रकाशलाई २७–१२ ले पन्छायो । रूपिजकी साइसा प्रधानले १२ अंक बटुलिन् ।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App