coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाँच भारोत्तोलकलाई प्रतिबन्ध

लौसाने –  सन् २०१२ को लन्डन ओलम्पिक पदकविजेतासहित भारोत्तोलनका पाँच खेलाडीमाथि अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आइडब्लुएफ)ले प्रतिबन्ध लगाएको छ।

डोपिङको आरोप लागेका पाँच रसियन खेलाडीको डोपिङ परीक्षणको रिपोर्ट नआएसम्म प्रतिबन्ध लगाइएको आइडब्लुएफले मंगलबार जनाएको छ। उनीहरूको डोपिङ परीक्षण मस्कोको ल्याबमा भइरहेको छ। सन् २०१२ को लन्डन ओलम्पिकमा कांस्य पदक विजेता रुस्लान एल्बेगोभ पनि प्रतिबन्धमा छन्। उनले सो ओलम्पिकमा १ सय ५ केजी तौलमा पदक जितेका थिए। त्यसपछिका दुई वर्ष उनी सोही तौलमा विश्व च्याम्पियनसमेत थिए।

उनै एल्बेगोभसँगै अर्की विश्व च्याम्पियन टिमा टुरिइया, डेविड बेडहान्यान, ओलेग चेन र इगोर केलिमानोभमाथि अस्थायी प्रतिबन्ध लगाइएको छ। टुरिइया ६३ केजीमुनि सन् २०१३ की विश्व च्याम्पियन हुन्। डेविडले पनि सोही वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक जितेका थिए। ओलेग पनि ६९ केजी तौलसमूहमा दुई पटक विश्व च्याम्पियनसिपमा रजत  विजेता हुन्।

इगोर भने यसै वर्ष युरोपियन च्याम्पियनसिपका रजत विजेता हुन्। मस्कोमा रहेको ल्याब परीक्षण चलिरहँदा नै उनीहरूमाथि प्रतिबन्ध लगाइएको हो। विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गत अप्रिलमा उनीहरूबाट स्याम्पल लिएको थियो। वाडाले यी खेलाडीबाहेक रसियाका अन्य खेलाडी पनि शंकामा रहेको उल्लेख गरेको छ। ती खेलाडीका बारेमा सम्बन्धित विश्व महासंघमा रिपोर्ट पठाइसकेको वाडाले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App