coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मलेसियामा फसेका २९ को उद्धार

काठमाडौं– मलेसियाका विभिन्न घरफिर्ती केन्द्रमा रहेका २९ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ। मलेसियामा विशेष गरी अवैधानिक काम गरेको अभियोगमा जेल सजाय काटिसकेपछि घरफिर्ती केन्द्रमा राखिएका उनीहरूलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको दूतावासले जनाएको छ ।

नेपाल फर्कने टिकट नहुँदा उनीहरू लामो समयदेखि मलेसियाका विभिन्न घरफिर्ती केन्द्रमा रहन बाध्य थिए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरूलाई मंगलबार नेपाल फर्काएको हो ।

दूतावासका अनुसार उद्धार गरी नेपाल फर्काइएकामा रोल्पाका अमर कामी, काभ्रेपलाञ्चोकका राजकुमार दर्लामी, सल्यानका लालबहादुर कामी, ओखलढुंगाका रमेश परिवार, सल्यानका टेक पुन, सर्लाहीका सोमबहादुर मोक्तान, मोरङका धनबहादुर तामाङ, भोजपुरका रमेश पोखरेल, कास्कीका अमृत ठकुरी, स्याङ्जाका प्रकाश खनाल, उदयपुरका रमेश परिवार, पाँचथरका वीरेन्द्र खड्का छन् ।

यस्तै, नेपाल फर्काइएका अन्यमा नवलपरासीका दलबहादुर सारुमगर, मोरङका मनोज धिमाल, म्याग्दीका विकास तिलिजा मगर, बागलुङका नारायण क्षत्री, खोटाङका अम्बरबहादुर राई, रुपन्देहीका विजयकुमार साही र नरबहादुर थापामगर, सुर्खेतका मीन थापामगर, खोटाङका उत्तम राई, सुनसरीका दर्शन राई, सुर्खेतका दिनेशप्रसाद सापकोटा, इलामका गणेश गुरुङ, उदयपुरका दीपक बुढाथोकी, काभ्रपलाञ्चोकका सुदीप वाईवा, डडेलधुराका बिक्रम विष्ट र उदयपुरका राजन नेपाली छन् ।

स्वदेश फर्काइएका २९ नेपालीलाई श्रम तथा रोजगारमन्त्री दीपक बोहराले क्वालालम्पुरस्थित विमानस्थलमा बिदाइ गरेका थिए । मन्त्री बोहर मंगलबार नै क्वालालम्पुर पुगेका हुन् । उनले मंगलबार मलेसियाका मानव संसाधनमन्त्री सिचार्ड रियोट अनाक जेमसँग भेटवार्ता गरेका थिए । ‘भेटघाटमा नेपाली श्रमिकका समस्या समाधान गर्ने तथा उनीहरूको हितका लागि मलेसिया सरकारले चाल्नुपर्ने कदमसम्बन्धमा मन्त्री बोहराले ध्यानाकर्षण गराउनुभयो,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: १५ असार २०७३ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App