काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारलगायतका उच्च पदाधिकारीको नियुक्ति हुन लागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयमा उच्च पदाधिकारी नियुक्ति योग्यता कार्यक्षमता र इमान्दारी छविका आधारमा नभई राजनीतिक आस्था र संलग्नताका आधारमा गरिन लागेको समाचार विभिन्न सञ्चारमाध्यममा आउन थालेको भन्दै यसप्रति संस्थाले ध्यानाकर्षण भएको जनाएको छ।
विश्वविद्यालय, प्राज्ञिक कर्मको उच्चतम साधना केन्द्र भएकाले यसको नेतृत्व प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचारको मापदण्डबाट निर्देशित हुनुपर्ने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। महत्वपूर्ण पद बहन गर्ने व्यक्तिको बौद्धिक एवं प्राज्ञिक विषयगत एवं संस्थागत जिम्मेवारी लाखौँ विद्यार्थी, सोधार्थी, प्राध्यापक एवं अन्वेषकहरूका लागि स्वीकार्य, सम्मान्य, प्रेरक उदाहरणीय र अनुकरणीय हुनुपर्ने संस्थाले जनाएको छ। यसलेमात्र विश्वविद्यालयको गरिमा, मर्यादा, प्रतिष्ठित र पुनस्थापना हुने संस्थाको तर्क छ।
विश्वविद्यालय जस्ता विशुद्ध प्राज्ञिक संस्थामा पदाधिकारी चयन गर्दा राजनीतिक आस्था र भागवण्डाका आधारमा गर्न नहुनेमा संस्थाले जोड दिएको छ। अहिले पनि नियुक्ति प्रक्रियाको स्वच्छता निष्पक्षता र विश्वसनीयताको बारेमा सरकारले प्राज्ञिक जगत् र अन्य सरोकारवालालाई चित्त बुझ्नेगरी ढुक्क बनाउन नसकेको संस्थाको आरोप छ। संस्थाले विश्वविद्यालयका उपकुलपतिलगायतका पदाधिकारीको नियुक्ति, राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर ‘सर्च कमिटी’ले स्वतन्त्र निष्पक्ष र इमान्दारीपूर्वक छनोट तथा सिफारिस गर्न सक्ने सहज र अनुकूल वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...
अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...
नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...
प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...
अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...
करिब २९ हजारजना फेसबुक कर्मचारीहरूको गोप्य राखिनु पर्ने तलब विवरण नै चोरी भएको छ ...
एनसेलले शनिबार इटहरीमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । ...
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
यसमा तपाईको मत