coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शालिकराम पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछाने र युवराज कँडेल पक्राउ

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ। बिहिबार साँझ प्रहरीले लामिछाने र कँडेललाई न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। 

केही दिनअघि चितवनमा आत्महत्या गरेका पुडासैनीले लामिछाने र कँडेलको कारण आफु मर्नु परेको भन्दै हिजो भिडियो सार्वजनिक भएको थियो । मृतक पुडासैनीले नाम लिएका अर्की एक नर्स अस्मिता (रुकु) कार्कीलाई पनि प्रहरीले आज दिउँसो पक्राउ गरेको थियो।

प्रकाशित: ३० श्रावण २०७६ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App