८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा दुईको मृत्यु

तनहुँ– बिहिबार भएको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–१२ कमलबारीमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ९ प ४२६५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा २१ च २८३० नम्बरको कार एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा पछाडी बस्ने आँवुखैरनी गाउँपालिका–६ बस्ने ४८ वर्षिय थोमस बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते बस्नेतको पोखरास्थित मेट्रोसिटी अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरिक्षक पुर्णबहादुर क्षत्रीले बताए। मोटरसाइकल चालक भानु नगरपालिका–६ मुलपानी बस्ने २२ वर्षिय उमेश खड्का मेट्रोसिटी अस्पतलमा पोखरामा उपचार भइरहेका प्रहरी नायव निरिक्षक क्षत्रीले बताए।

त्यस्तै व्यास–१२ घाँसीकुवामा सवारी दुर्घटनामा वालकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको वा १६ च २५२९ नम्बरको हाइलक्स गाडीले ट्रकलाई ओभरट्याग गर्ने क्रममा लु २७ प ५३९ नम्बरको मोटरसाईलसँग ठक्कर खाँदा मोटरसाइकलमा सवारी तीन जना घाइते भएका थिए। मोटरसाइकल चालक देवदह नगरपालिका–५ बस्ने ३० वर्षिय मीनप्रसाद कुवँर मगरका ६ वर्षिय छोरा सुनिल कुवँर दमौलीस्थित रत्नहरी अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मीनप्रसाद र उनकी श्रीमती २७ वर्षिय सुष्मा कुवँर घाइते छन्। उनीहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको छ। मृत बालक कुवँरको शव दमौली अस्पतालमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० श्रावण २०७६ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App