coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टाइगर प्यालेसको सम्पत्ति रोक्का

बुटवल — रुपन्देहीको कोटिहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिर्सोटको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर होटल निर्माण गरीएको भन्दै परेको पुरक निवदेनमा जिल्ला अदालत रुपन्देहीले आदेश जारी गर्दै होटलको सम्पूर्ण सम्पत्ति सहित शेयर खरीदि बिक्रि रोक्का गरीदिएको हो।

गत असार १९ गते भैरहवा लुम्बिनी भुमिगत जल परियोजनाको १० कठ्ठा बढी नहर अतिक्रमण गरेर होटल निर्माण गरेको भन्दै सरकारी जग्गा अतिक्रमण सम्बन्धि मुद्दा परेको थियो। सो मुद्दाको प्रारम्भिक सुनुवाइमा सरकारी कित्ताका जग्गा, तीनमा संरचना निर्माण,बेचबिखन तथा दृष्टिबन्धक लगायतका कुनैपनि काम नगर्नु नगराउनु भन्ने आदेश जारी भएको थियो। तर सिल्भर हेरिटेजले भने अदालतको सो आदेशको अवज्ञा गर्दै होटल बिक्रिको प्रक्रिया अगाडि बढाएको थियो।

अदालतको आदेश लत्याउँदै विक्री प्रक्रिया अगाडि बढाए पछि साउन २७ गते लुम्बिनी नलकुप जल उपभोक्ता समिती रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले टाईगर वान प्रालि र सिल्भर हेरिटेज कम्पनीलाई विपक्षी बनाउँदै सोही मुद्दामा सम्पूर्ण सम्पत्ति रोक्काकालागि पुरक निवेदन हालेका हुन। सोहि निवेदन उपर मंगलबार सुनुवाइ गर्दै जिल्ला अदालतका एक नम्बर न्यायाधीश रमेशराज पोखरेलको इजलासले मुद्दाको टुङ्गो नलागेसम्म कम्पनीका नाममा रहेको जग्गा, भवन, संरचना र शेयर यथास्थितीमा राख्नु भन्ने आदेश जारी गरेको हो।

रुपन्देहीको कोटिहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिर्सोटको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर होटल निर्माण गरीएको भन्दै परेको पुरक निवदेनमा जिल्ला अदालत रुपन्देहीले आदेश जारी गर्दै होटलको सम्पूर्ण सम्पत्ति सहित शेयर खरीदि बिक्रि रोक्का गरीदिएको हो।

मुलुकी देवानी कार्यविधी संहिता २०७४ को दफा १५६ बमोजिम प्रतिवादीको नाममा दर्ता रहेको जग्गा, भवन, संरचना र शेयर यथास्थितीमा राख्नु भनी आदेश भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकृत गंगाप्रसाद अधिकारीले बताए। सिल्भर हेरिटेज र टाइगर वान प्रालिको नाममा रुपन्देही साविकको टिकुलीगढ–९ ‘घ’  अन्तर्गतका ३८ वटा कित्ता  र साविकको मधवलिया–४ ‘ख’ अन्तर्गतका तीन वटा कित्ताको जग्गामा निर्माण भएका संरचना हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा राख्नु भन्ने अदालतको आदेशमा उल्लेख छ। अदालतमा परेको मुद्दाको टुङ्गो नलाग्दासम्म  सिल्भर हेरिटेज प्रालि र टाइगर वानको नाममा रहेका शेयर समेत हकहस्तान्तरण नगर्न नगराउन आदेश जारी गर्दै यथास्थितीमा राख्नु भनिएको छ।

यो मुद्दामा नलकुप समितीको तर्फबाट अधिवक्ता मनोज दवाडी र लेखनाथ पोखरेलले बहस गरेका थिए। लुम्बिनी नलकुप जल उपभोक्ता समिति रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले भैलुभुजको नहर अतिक्रमण गरेर होटल निर्माण गरेको भन्दै सरकारी जग्गा अतिक्रमण सम्बन्धि मुद्दा हालेका हुन। १२०,१४८, १५२,१९० र ७३ नं.का  कित्ताको जग्गा भैरहवा–लुम्बिनी भुमिगत जल योजनाको नाममा रहेको सरकारी जग्गा हो। जुन जग्गामा पुराना कुलो मासेर होटलका संरचना बनेका छन। होटलले मिचेको कुलोको जग्गा मध्ये १५२ नम्बर कित्तामा स्वीमीङ पुल र भवनको केही भाग परेको नलकुप जल उपभोक्ता समिति रुपन्देहीका सचिव अवध  बिहारी दुवेले बताए। क्यासीनो भएको भवनको केही भागपनि कुलोको जग्गामा पर्ने उनको दावी छ।

सार्बजनिक कुलोको  १० कठ्ठा १८ धुर जग्गा मिचीएको ठहर गर्दै अदालतले गत असारमै अन्तरकालिन आदेश जारी गरेको थियो। तर मुद्दाको टंङ्गो नलाग्दै अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचिकृत तथा हङकङमा कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले होटल खरीद बिक्रिको पक्रिया अगाडि बढायो। कम्पनीको वेभसाइट अनुसार इन्द्रबहादुर थापा नाम गरेका व्यक्तिको नाम किटान गरी रिर्सोटको खरिदविक्री प्रक्रिया अघि बढेको देखिन्छ।

वेभसाइटमा राखिएको प्रारम्भिक सम्झौता पत्र अनुसार मलेसियाका एनआरएन भनिएका इन्द्रबहादुर थापाले ३३ दशमलव ९ मिलियन डलर (३ अर्ब ७५ करोड रुपैँयाको) बोली लगाएका छन्। कम्पनीले थापालाई रकम जम्मा गर्नका लागि १५ अगस्त सम्मको समय दिएको देखिन्छ।

प्रकाशित: ३० श्रावण २०७६ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App