७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं– प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि स्थगित भएको छ। 

बुधबार पनि कार्यविभाजनको विवादको विषयमा कुरा नमिल्दा स्थगित हुन पुगेको नेकपाको सचिवालय बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा डाँकिएको थियो। 

तर, बिहीबार पनि प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकुलताका कारण बैठक बस्न नसकेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार बैठक भोलि ३ बजे बस्ने तय भएको छ। 

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री फेरि उपचारका लागि विदेश जाने कुरा आफूलाई थाहा नभएको बताए।

प्रकाशित: ३० श्रावण २०७६ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App