तामाकोसीमा राजस्व घोटाला छानबिन गर्न समिति

बिहिबार, ३० साउन २०७६, १६ : ०८ रमेश खतिवडा

दोलखा- नदीजन्य पदार्थको निकासीबापत् उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारेमा अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

गाउँपालिकाको तामाकोसी नदी क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवासहित नदीजन्य वस्तुको निकासीबापत् गाउँपालिकाले उठाउनुपर्ने २९ लाख ८२ हजार राजस्वमध्ये आठ लाख ११ हजार रुपैयाँ मात्र गाउँपालिकामा दाखिला गरी करिब २१ लाख रुपैयाँ अपचलन गरेको विषयमा नागरिकन्युजले समाचार प्रकाशन गरेको थियो।

गाउँ कार्यपालिकाको बुधबारको बैठकले उपाध्यक्ष उर्मिला खड्का केसीको संयोजकत्वमा अधिकार सम्पन्न छानबिन समिति गठन गरेको हो। छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयको अधिकृतस्तरको कर्मचारीलाई सदस्य राख्ने निर्णय गरिएको छ। समितिमा गाउँपालिकाका इन्जिनियर सुबोध चापागाईलाई सदस्य सचिव तोकिएको उपाध्यक्ष केसीले बताइन्। समितिलाई १५ दिन प्रतिवेदन पेस गर्न भनिएको छ।

समितिले आवश्यकताअनुसार राजस्व अपचलन भएको भनिएको समयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपेश कट्टेल, कर्मचारीहरू, क्रसरका सञ्चालकसहित सबै सरोकारवाला पक्षलाई झिकाएर बयान लिने र अनुसन्धान गर्न सक्नेछ।    निर्णयलगत्तै छानबिन समितिमा सदस्य पठाउनका लागि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला प्रहरीलाई बिहीबार पत्र लेखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिए।

गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले समितिको प्रतिवेदनबाट दोषी देखिएको जोकोहीलाई पनि कानुनअनुसार कडा कारबाही गर्ने बताए। अघिल्लो आर्थिक वर्षको २०७५ साउन १ गते देखि असोज २२ गतेसम्म ठेक्का नलागेको अवधिमा तामाकोसी नदी क्षेत्रबाट निकासी हुने गिट्टी बालुवालगायतको निकासी करबापतको रकम गाउँपालिकामा गत असार मसान्तमा कम दाखिला गरी २१ लाख रुपैयाँ घोटाला भएको देखिएको थियो।

गाउँपालिकाले भने कर्मचारी अभावका कारण क्रसर उद्योगहरूबाट बिजक काटिएको बिलअनुसारको रकम गाउँपालिकामा बुझाउनु भन्दै क्रसर उद्योगको लेखा हेर्ने कर्मचारीलाई रसिद प्याड बुझाइएको र क्रसर उद्योगबाट नै  राजस्व अपचलन भएको दाबी गरेको छ। क्रसर उद्योगका सञ्चालकले भने आफूहरूले गाउँपालिकाको रसिद प्याड नबुझेको र गाउँपालिकाले संकलन केन्द्र राखेरै राजस्व उठाउँदै आएको बताउँदै आएका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad