नागरिकता लिन वडा कार्यालय पुगेका युवक अध्यक्षबाटै कुटिए

बिहिबार, ३० साउन २०७६, १० : ५० मिथिलेश यादव

सिरहा - नागरिकता लिन वडा कार्यालय गएका एक युवक वडा अध्यक्षबाटै कुटिएका छन्।  सिरहा नगरपालिका १८ का २५ वर्षीय मनोज कुमार रायलाई सोही वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले  कुटपिट गरेको हो। ०७६ असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए।

मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गत्ते दिउँसो वडा कार्यालय पुगेका थिए।  'नागरिकता माग्दा वडा अध्यक्षजीले हरायो भनेपछि विवाद भयो, मनोजले भने।  सोहीबीचमा अध्यक्षजीले ममाथि हात छाड्नुभयो भनोजले भने,‘मैलेपनि प्रतिवाद गरे।’ त्यसपछि वडा अध्यक्षजीले मान्छे बोलाएर तारले मेरो हात बाँधेर निर्घात कुट्न लगाउनु भयो,' घाइते मनोजले नागरिकसँग भने।  कुटपिटबाट आफ्नो शरिरको विभिन्न भागमा गहिँरो चोट रहेको उनले बताए।  उपचारपछि औषधी खाएर घरमा आराम गरिरहेको उनको भनाई छ।

वडा अध्यक्ष यादवले भने आफुले मनोजलाई नकुटेको जिकिर गरेका छन्।  'मैले कुटेको होइन। जनताले कुटेका हुन, उनले भने।  जब उनले ममाथि हात छोडे त्यसपछि जनताले उनलाई कुटपिट गरे, मैले होइन' यादवले भने। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार मनोज रायबाट घटनाको जानकारी आएको छ।  आवश्यक अनुसन्धानपछि कानुनबमोजिम कारबाही अघि बढ्छ,उनले भने।

यसअघि ०७५ फागुन १६ गत्ते गाउँपालिकामा न्याय माग्न जाँदा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षबाट एकजना सेवाग्राही कुटिएका थिए।  लक्ष्मीपुर पतारी गाउँपालिका– २ पर्साका ३४ वर्षीय विष्णुदेव यादव अध्यक्ष रामबल्लव साहबाट कुटिएका थिए।  अध्यक्ष रामबल्लभ साहले आफूले कुटपिट नगरेको दावी गर्दै त्योबेला जोगिए।







यसमा तपाईको मत

अन्य समाचार

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

गत पुसमा सुरु दी कलिस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ को विजेता घोषणा गरिएको छ । ...

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रम "Sing with Sushant" मा सुशान्त केसीसँगको संगीतमय साँँझले "Sing with Sushant" मा युवा र संगीत प्रेमीहरुको ठूलो...

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। ...

Ncell Footer Ad