संस्कृत दिवस

संस्कृत भाषाप्रति बढ्दो आकर्षण

बिहिबार, ३० साउन २०७६, ०९ : ०७ मञ्जु गाैतम

काठमाडौं - बालाजुकी सिफालिका गौतम बाल्मीकि विद्यापीठमा संस्कृत भाषा अध्ययन गरिरहेकी छिन्। गत असार महिनामा संस्कृतअन्तर्गत व्याकरण र ज्योतिष विधामा भर्ना भएकी उनी ज्योतिष शास्त्र सिक्दैछिन्। बाल्मीकि विद्यापीठले सञ्चालन गरेको एक वर्षसम्म उनीजस्तै अन्य विद्याथीहरू अध्ययरत छन्। देशविदेशमा ज्योतिष शास्त्र अध्ययन गरेकाहरू माग बढेसँग संस्कृत पढ्नेहरूको संख्या बढेको छ।

‘महिलाहरूले संस्कृत भाषा सिक्नु हुन्न भन्ने मान्यता गलत हो। संस्कृत भाषाको विभिन्न ग्रन्थहरूबारे अध्ययन र अनुसन्धान  गर्न मैले संस्कृत पढ्न थालेकी हुँ,’ उनी भन्छिन्, ‘यस विषयमा अध्ययन गर्नेहरूले देशविदेशमा रोजगार पाउने सम्भावना धेरै छ।’ कम्प्युटर इन्जिनियरिङमा स्नातकमा अध्ययरत उनी एक वर्षे संस्कृत भाषा सिक्न लागिपरेकी हुन्।

संस्कृत भाषाप्रति स्वदेशी तथा विदेशी युवा पुस्ताको रूचि बढेको छ। ज्योषित शास्त्र सिक्ने महिलाहरूको संख्या तुलनात्मक रूपमा बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्दछ।

उनीजस्तै संस्कृत भाषामा रूचि राख्ने युवा पुस्ताहरूको संख्या बढेको छ। बाल्मीकि विद्यापीठमा संस्कृत सिक्न नेपालीमात्र नभएर विदेशीहरूपनि पुग्ने गरेका छन्। कर्म काण्डका प्रयोग हुने संस्कृत भाषा सिक्ने महिलाहरू संख्या बढेको छ।

बाल्मीकि विद्यापीठका प्राचार्य डा. गणेशप्रसाद घिमिरेका अनुसार संस्कृत भाषा सिक्न पुगेका युवा पुस्ताहरूको संख्या बढेको छ। ‘संस्कृत भाषाप्रति युवा पुस्ता र विदेशीहरूको रूचि बढेको छ। संस्कृत भाषा सिक्न आउने महिलाहरूको संख्या तुलनात्मक रूपमा बढेको छ,’ उनले भने।

विद्यापीठमा विदेशीहरू डलर तिरेर पढ्न आउने गरेको छन्। यस वर्ष एक सयभन्दा बढी विद्यार्थी भर्ना हुँदा ४० जनाभन्दा बढी महिलाहरू छन्। यता भाषा प्रशिक्षणमा भने महिलाहरूको संख्या तुलनात्मक रूपमा बढेको उनले बताए। ‘यहाँ संस्कृत भाषा प्रशिक्षणअन्तर्गत सञ्चालन भइरहेको कक्षामा सहभागी विदेशी विद्यार्थीहरूले एक सेमेस्टरको कोर्स प्राय सिध्याएर जाने गरेका छन्। त्यसबाहेक संस्कृतसम्बन्धी आचार्यको अध्ययन सिध्याउने पनि छन्,’ उनले भने।

वैज्ञानिक र प्राविधिक रूपमा ज्योतिष दर्शन अध्ययन उत्कृष्ट भएका कारण यसमा स्वदेशी र विदेशीको मोह बढेको अनुमान उनले गरेका छन्। विद्यापीठमा एक सेमेस्टर अध्ययन सिध्याएर फर्किएकी जर्जियाकी सोफिया म्रेक्रिडका अनुसार संस्कृतका शास्त्रले वैज्ञानिक दर्शनबारे बोल्ने बताउँछिन्। ‘मलाई योगामा रूचि राख्ने हुँदा संस्कृतको ज्योषित शास्त्रले त्यसमाथि अध्ययन गर्न प्रोत्साहित गरेको छ। नेपाल भ्रमण गरेको मौका पारेर एक सेमेस्टरको कोर्स गरेको हुँ। संस्कृत भाषा सिक्न सके विभिन्न ग्रन्थ अध्ययन गर्न सकिन्छजस्तो लागेको थियो,’ उनले जिमेलमार्फत उल्लेख गरेकी छिन्। ज्योतिष दर्शनमा अनुसन्धान गरिरहेकी उनले संस्कृत भाषामा युवा पुस्ताको आकर्षण बढेको जानकारी गराएकी छिन्।

ज्योतिष शास्त्रका विभिन्न विषयबारे रूचि नेपाली र विदेशी महिलाले यसतर्फ आकर्षित भएको अनुमान संस्कृत सिकाउने प्रशिक्षकहरूले गरेका छन्। वाल्मीकि विद्यापीठका संस्कृत कोर्स पढाउँदै आइरहेका अच्युत लम्सालले आधुनिक विज्ञान र प्रविधिसँगै संस्कृत भाषा सिक्नेहरूको संख्या बढेको बताए। ‘ आधुनिक विज्ञान र प्रविधिसँगै संस्कृत भाषा सिक्नेहरूको संख्या बढेको छ। स्वदेशी र विदेशी युवा पुस्ताहरू संस्कृत भाषा सिक्न लागिपरेका छन्। संस्कृत भाषा सिक्दा धेरै विषयमा जानकारी लिन सकिन्छ,’ उनले भने।

 

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad