श्रीअरविन्दः राजनीतिदेखि समाधिसम्म

बिहिबार, ३० साउन २०७६, ०८ : २९ स्वामी आनन्द अरुण

आज १५ अगस्ट, भारतका एक विलक्षण महान् योगी र प्रखर बौद्धिक व्यक्तिको जन्म दिन हो।  यो दिनको आफ्नै इतिहास छ।  १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भयो।  यसै दिन भारत स्वतन्त्र हुन्छ भन्ने घोषणा श्रीअरविन्दले १९१० मै गरिदिनुभएको थियो।  जब भारत स्वतन्त्र भयो र श्रीअरविन्दलाई भारतीय रेडियोमा सन्देश दिन आग्रह गरियो, त्यसमा पनि उहाँले भन्नुभयो– ‘१५ अगस्टमा भारत स्वतन्त्र भएको घटना पछाडि परमात्माको लीला छ। ’

१५ अगस्ट १८७२ माश्रीअरविन्दको जन्म भएको थियो।  उहाँका पिता उहाँलाई अंग्रेजी जीवनशैलीमा लान चाहनुहुन्थ्यो।  त्यसैले उहाँलाई ७ वर्षकै उमेरमा बेलायत पठाउनुभयो।  भारत स्वतन्त्रताको लडाइँको शंखनाद भइसकेको समयमा बेलायत गएका श्रीअरविन्द १४ वर्षपछि सन् १८९३ मा भारत फर्कनुभयो।  उहाँलेअंग्रेजी, फ्रेन्च, ग्रिक र लेटिन भाषामा दक्षता हासिल गर्नुभयो।  बेलायतमै श्रीअरविन्द भारतको स्वतन्त्रता संग्रामको गुप्त समूहमा समावेश भइसक्नु भएको थियो।  उहाँ अति नै प्रतिभावान् हुनुहन्थ्यो।  अंग्रेजहरूले प्रशासक छान्ने आइसिएसको जाँचमा उहाँ प्रथम हुनुभयो।  तर अंग्रेजी शासन–यन्त्रको पूर्जा भएर काम  गर्न उहाँलाई मन लागेन।  घोडचढीको प्रयोगात्मक जाँचमा उहाँ उपस्थित हुनुभएन र यो सेवाबाट बाहिरिनुभयो। 

संयोगले बडौदाका महाराजा गायकवाडसँग श्रीअरविन्दको बेलायतमै भेट भयो र भारत आई बडौदा राज्यको राजकीय सेवामा सामेल हुन महाराजलेअनुरोध गरे।  श्रीअरविन्दले ६ वर्षसम्म बडौदा राज्यका विभिन्न पदमा बसेर सेवा गर्नुभयो।  यही कालखण्डमा उहाँले भारतीय आध्यात्मिक ज्ञान भण्डारको गहन अध्ययन गर्नुभयो।  यही समयमा उहाँको हृदयमा स्वराज र देशको स्वतन्त्रताको उत्कण्ठा अझ प्रज्ज्वलित भयो। 

जीवनका अन्तिम २४ वर्ष अति चेतन चेतनाको अवतरणका अनेक आयाममा श्रीअरविन्दको जीवन समर्पित रह्यो।  मनुष्यको मूल दुःखको कारण उहाँ ओशोले जस्तै आध्यात्मिक बेहोसीलाई मान्नुहुन्थ्यो।

बडौदा प्रवासकै दौरानमहाराष्ट्रका एक योगी विष्णु भाष्कर लेलेसँग उहाँको भेट भयो।  लेलेले उहाँमा ठूलो आध्यात्मिक सम्भावना देखे र श्रीअरविन्दलाई साधनामा प्रेरित गरे।  तर श्रीअरविन्दले आफ्नो व्यस्त जीवनको चर्चा गर्दै आफूसँग  साधना गर्ने समय नभएको बताउनुभयो।  तर तीन दिनको भएपनि छुट्टी लिएर आफूसँग साधना सिक्न लेलेले पुनः आग्रह गरे।  सोहीअनुसार श्रीअरविन्द एकान्तमा साधना गर्न तयार हुनुभयो।  ध्यानको पहिलो चेष्टामै उहाँलाई गहन आध्यात्मिक अनुभूति प्राप्त भयो।  लेलेले उहाँलाई विचारको साक्षी हुन सिकाए।  तीन दिनमै श्रीअरविन्दले विचारहरू बाहिरबाट आएको देख्नुभयो र निर्विचार साक्षीको अनुभूति गर्नुभयो।  त्यसपछि उहाँलाई स्वयं  भित्रबाट अन्तर्आत्माको निर्देशन आउन थाल्यो।  लेले उहाँको यो प्रगति देखेर आश्चर्यचकित भए। 

उनलेश्रीअरविन्दलाई आफ्नो आध्यात्मिक रूपान्तरणका अगाडि देशको राजनीति एउटा सानो अशं मात्र हो भनी सम्झाउँदै अध्यात्ममा जीवन समर्पित गरी जगत् कल्याणको बाटो रोज्ने सल्लाह दिए।  तर भारतको भविष्यमाथि चिन्तित श्रीअरविन्द भारतले अंग्रेजहरूबाट स्वतन्त्रता प्राप्त नगरिन्जेल आफूले सक्रिय राजनीति छाड्नुलाईपलायन ठान्नुहुन्थ्यो।  लेलेले ‘तिम्रो अन्तर गुरु जागिसकेको छ, अब तिमीलाई बाहिरी गुरुको आवश्यकता पर्दैन।  अन्तरआवाजलाई कहिल्यै अवज्ञा नगर्नु’ भनेर सल्लाह दिए।

बडोदाको कार्य छाडेर बंगाल क्रान्तिकारी विद्रोहीको केन्द्रबिन्दु भएकाले विद्रोह नेतृत्व गर्ने उद्देश्यले श्रीअरविन्दबंगाल नेसनल कलेज कोलकतामा प्राध्यापक भई आउनुभयो।  केही बंगाली नवयुवकले मजफ्फरपुरमा जज किंग्स फोर्डमा बम हाने, जसमा परी दुई अंग्रेज महिलाको मृत्यु भयो।  यसमा आरोपित खुदिराम बोसले मृत्यदण्ड पाए।  यही काण्डमा श्री अरविन्द प्रेरक व्यक्ति हुन् भन्ने आरोप लगाइयो र ५ मे, १९०८ मा उनलाई गिरफ्तार गरी अलिपुर जेलमा राखियो।
गिरफ्तारीबाट उहाँसुरुमा आश्चर्यचकित र दुःखी हुनुभयो।  तर उहाँलाई अन्तर्हृदयबाट आवाज आयो– ‘चिन्ता नगर, पर्ख र हेर। ’ श्रीअरविन्दलाई ५ फिट चौडाइ र सात फिट लम्बाइ भएको एकान्त कालकोठरीमा राखियो।  गिरफ्तार हुनुभन्दा १ महिनाअघि ‘सारा प्रपञ्च र झन्झटबाट अलग भई एकान्तमा आऊ’ भन्ने आदेश प्राप्त भएको थियो।  लेलेले पनि तिमीमाथि खतरा आएको देखिरहेको छु भनी चेताएका थिए।  तर श्रीअरविन्द उनका कुरा मान्न तयार हुनुभएन। 

स्वामी विवेकानन्दले आफूले शरीर छाड्नुभन्दा पहिलो ‘यो जगत्मा जसले पनि आत्मबोधकालागि प्रयास गर्छ भने म शरीरमा रहूँ या नरहूँ, उसलाई मद्दत गर्नेछु’ भन्ने वाचा दिनुभएको थियो।  स्वामी विवेकानन्दले शरीर छाडेको ६ वर्ष भइसकेको थियो।  श्रीअरविन्दको ध्यानस्थ अवस्थामा स्वामी विकेकानन्दसँग सम्पर्क भयो र स्वामीजीको सशरीर दर्शन उहाँले आफ्नै कोठरीमा पाउनुभयो। ११ दिनसम्म लगातार श्रीअरविन्दले स्वामीजीबाट साधनाका मार्गदर्शनहरू प्राप्त गर्नुभयो।  स्वामी विवेकानन्दले– तिम्रो कार्य क्षेत्र अध्यात्म हो भारतको मूल समस्या राजनीति होइन, आध्यात्मिक हो।  भारत गुलाम छ, पिल्सिएको छ, यसको कारण आध्यात्मिक दरिद्रता रकायरता हो।  तिमी भारतको आध्यात्मिक चेतना जगाउने कार्य गर। आध्यात्मिक जागृति नभई मूल समस्याको समाधान हुँदैन भनी सम्झाउनुभयो। 

भारत स्वतन्त्र भएपछि सबै नेताले श्रीअरविन्दलाई भारतको प्रथम राष्ट्रपति हुन आग्रह गरे।  तर उहाँले यसलाई अस्वीकार गर्नुभयो र भन्नुभयो– ‘म आध्यात्मिक जागरणद्वारा नै राष्ट्र र विश्वको सेवा गर्छु। ’

कालकोठरीको त्यो प्रवास उहाँको साधनाका लागि वरदान साबित भयो।  आफूलाई१ वर्ष जेलमा राखेर एकान्तमा साधना गर्ने मौका प्रदान गरेकामा श्रीअरविन्दले अंग्रेजहरूलाई जीवनभरिधन्यवाद दिनुभएको छ। कोठरीअघि रहेका कदमको वृक्षमुनिउहाँले श्रीकृष्णको दर्शन पाउनुभयो।  श्रीकृष्णले पनि आदेश दिनुभयो– ‘तिमी राजनीति र क्रान्तिका कुरा छाडेर शुद्ध अध्यात्ममा लाग।  भारतको स्वतन्त्रताको जिम्मेवारी मैले लिएँ।  यो उद्देश्यका लागि उपयुक्त व्यक्ति आइसकेको छ। ’ उहाँको इशारा गान्धीतिर थियो।  ‘त्यो व्यक्तिलाई पनि तिम्रो सहयोग र साधनाको शक्ति चाहिन्छ। ’ श्रीकृष्णले अझ आश्वस्त बनाउँदै श्रीअरविन्दलाई भन्नुभयो– ‘ममाथि पूर्ण विश्वास गर।  भारतको स्वतन्त्रता म तिमीलाई तिम्रो जन्मदिनको उपहारकारूपमा प्रदान गर्नेछु। ’श्रीकृष्णको कृपाले१ वर्षभित्रै श्रीअरविन्द जेलबाट छुट्नुभयो।

श्रीअरविन्दलाई भित्रबाट ब्रिटिस भारत छाड्ने आदेश प्राप्त भयो।  स्वामी विवेकानन्दकी शिष्या भगिनी निवेदिताले उहाँलाई स्वामी विवेकानन्दले भनेकै कुरा बारम्बार दोह¥याइन् र ब्रिटिस भारतबाट बाहिर गएर आफ्नो साधना गर्ने सल्लाह दिइन्।  ४ अप्रिल १९१० मा श्रीअरविन्द फ्रान्स प्रशासित पोण्डेचरीआइपुग्नुभयोर जीवनका बाँकी ४० वर्ष त्यहीँ बिताउनुभयो।  पुरातनकालमा शिवका अनन्य शिष्य अगस्त्य मुनीले पाण्डिचरीमै बसेर अध्यात्मको ज्योति फैलाएका थिए।  उत्तर भारतबाट फेरि ठूलो योगी आउँदैछ र उसले भारतको राष्ट्रिय गौरव जगाउने महान् कार्यको सुरुआत गर्नेछ भन्ने कुरा दक्षिण भारतको आध्यात्मिक वृत्तमा फैलिरहेको थियो।  

पोण्डीचरीका प्रारम्भका दिनहरू कष्टकर थिए।  श्रीअरविन्द सुरुआतका दिनमा दुई कोठाको सानो घरमा ४ शिष्यका साथ बस्नुहुन्थ्यो।  ती दिनहरूचरम आर्थिक अभावकाथिए।  घरमा बत्तीथिएन र प्रत्येक दिन दुई मैनबत्ती किनिन्थ्यो।  एउटा श्रीअरविन्दलाई लेखपढ गर्न दिइन्थ्यो र अर्को आश्रमका सबै कार्य गर्न उपलब्ध गराइन्थ्यो।  बाहिरको नलमा नुहाउनुपथ्र्यो।  पूरै आश्रममा एउटा मात्रै तौलिया थियो।  आश्रममा श्रीअरविन्दले नुहाइसकेपछि मात्र अरू आश्रमवासीहरूले त्यो तौलिया प्रयोग गर्थे।

सन् १९१२ मा श्रीअरविन्दले आफ्ना मित्र मोतिलाल रोयलाई आर्थिक समस्याले आजित भएर अत्यन्त मार्मिक यस्तो पत्र पठाउनुभयो– ‘आश्रमममा अहिले जम्मा ८ आनामात्र बाँकी छ र सातजना आश्रित छन्, जसरी भए पनि ५० रुपैयाँ तुरुन्त पठाउनू र यसका लागि शारीरिक, मानसिक, आध्यात्मिक सबै शक्ति प्रयोग गरे पनि हुन्छ।  हुन त हामीलाई विश्वास छ– भगवान्ले हामीलाई हेर्छन् नै, तर भगवान्को अन्त्यसम्म कुराएर परीक्षा लिने अन्यन्त नराम्रो पुरानो बानी छ। ’
सन् १९१४ मा एक फ्रान्सेली अभिजात्य जोडी पौल र मीरा रिसर्ड पोण्डीचरी आइपुगे। श्रीअरविन्दलाई देख्नेबित्तिकै मीरालाई सानैदेखि आफ्नो चेतनामा देखिरहने रहस्यमय ऋषि श्रीअरविन्द नै हुन भन्नेबोध भयो।  उनले श्रीअरविन्दको उपस्थितिमा आनन्द, कृतज्ञता साथै भक्तिको ज्वार महसुस गर्थिन्। प्रत्येक आइतबार रिसर्ड दम्पतीले आश्रमवासीलाई सन्ध्याको भोजनमा बोलाउँथे।  यही साँझ सबैले पेटभरिमीठो भोजन गर्न र उत्कृष्ट फ्रान्सेली वाइन पिउन पाउँथे।  पाश्चात्य संस्कृतिमा हुर्केका श्रीअरविन्द सुरुमा मांसाहारी थिए र उपलब्ध भयो भने मदिरापान पनि गर्थे।  पछि साधनामा यसले व्यवधान हुने देखेपछि यी दुवै चिज खानछाडे। 

युरोपमा प्रथम विश्व युद्ध सुरु भयो र रिसर्डलाई फ्रान्स फर्किनुपर्ने भयो, तर मीरालाई श्रीअरविन्द छाडेर जाने मनै थिएन।  श्रीअरविन्दले मीरालाई सम्झाउनुभयो– ‘अहिले तिमीभित्र केही सांसारिक इच्छाहरू बाँकी छन्, त्यसको निराकरण गरिसकेपछि परिपक्व भएर मात्र फर्कनू। ’

सन् १९२० अप्रिल २४ का दिनआफ्ना पतिसँग सम्बन्ध–विच्छेद गरी सधैँका लागि मीरा पोण्डिचरी आइन्।  श्रीअरविन्दले उहाँलाई मदर (माता) भनेर सम्बोधन गर्न सुरु गर्नुभयो।  श्रीअरविन्द अन्तरमुखी ज्ञानयोगी हुनुहुन्थ्यो भने मदर अत्यन्त उच्च आध्यात्मिक गुणले भरिएकी कर्मठ कर्मयोगी हुनुहुन्थ्यो।  श्रीअरविन्दले भन्नुभएको छ– ‘मदर र म, हामी दुवैमा एउटै दिव्य चेतना दुई रूपमा देहबद्ध भएको छ। ’ पोण्डिचरी प्रवासको ४० वर्षमध्ये अधिकांश समय श्रीअरविन्दआफ्नो आश्रमबाट बाहिर निस्किनुभएन र जीवनका अन्तिम २४ वर्ष आश्रमका सबै कार्यभार मीरालाई सुम्पेर उहाँले कसैलाई भेट्नुभएन र आफ्नो कोठाबाट बाहिर निस्किनुभएन।

  पोण्डिचरीको यो प्रवासमा उहाँमा अध्यात्मको अनेक उच्चतम अनुभूतिहरूभए।  अटोमेटिक राइटिङद्वारा उहाँले शरीर छाडिसकेका राममोहन रायजस्ता अनेक योगीलाई आफ्नो शरीरमा आह्वान गरी अनेक अपूर्ण कृतिहरूलाई पुनर्लेखन गरी प्रकाशन गर्नुभयो।  ओशोले भन्नुभएको छ– ‘गान्धीजीको सफलताका पछाडि श्रीअरविन्द र रामकृष्ण मठका केही उच्च साधकहरूको साधनाको तेजोबलले काम गरिरहेको थियो।  द्वितीय विश्वयुद्धमा अरू क्षति हुन नदिन र भारतको स्वतन्त्रताका लागि श्रीअरविन्दले आफ्नो आध्यात्मिक तेजोबल उपयोग गर्नुभयो।  यो रहस्यमय कुरा ओशोले आफ्ना प्रवचन क्रममा ठाउँ–ठाउँमा भन्नुभएको छ। 

फ्रायडले पहिलोचोटि अचेतन मनको कुरा खोज गरे, जुन चेतन मनभन्दा ९ गुणा ठूलो छ।  उनका शिष्य कार्ल गुस्ताबजुंगले यो अध्ययनलाई अझ गहिराइमा लगे र कलेक्टिब अचेतनकोखोज गरे।  तर त्यो भन्दा पनि तल सबैभन्दा तल्लो मनको भाग हो– ब्रह्म अचेतन, जहाँसम्म जुंग पुग्न सकेनन्।  त्यसको चर्चा पहिलोचोटि ओशोले गर्नुभएको छ।  भविष्यकाप्रतिभाशाली मनोवैज्ञानिकहरूले आउने दिनमा यसलाई बुझ्नेछन्।  चेतन मनभन्दा माथि पनि अरू तलाहरू छन्, जसको खोज पहिलोचोटि श्रीअरविन्दले पोण्डिचरीको साधनाकालमाग गर्नुभयो।  त्यी हुन्– अति चेतन (सुपर कन्ससनेस), त्यसमाथि समष्टि अतिचेतन (कलेक्टिब सुपर कन्ससनेस) र सबैभन्दा माथि ब्रह्म अतिचेतन (कसमिक सुपर कन्ससनेस)।  श्रीअरविन्दले अतिचेतन र असमष्टि अतिचेतनको कुरा गर्नुभएको छ। 

अचेतन हाम्रो मनको निम्न स्थिति हो।  मदिरापान र लागुपदार्थ खाएर हामी अचेतनमा डुब्छौँ।  त्यसलाई आजको मनोविज्ञानले राम्ररी बुझिसेकेको छ।  तर अतिचेतन साधना गर्ने व्यक्तिले मात्र अनुभव गर्नसक्छ।  जति अचेतन मनको अधोगतिमा हामी पशुवत् व्यवहार गर्न थाल्छौँ,त्यति नै अतिचेतनमा हामी मनुष्यबाट उठेर देवत्वमा प्रवेश गर्छौं।  यसमा ओशोले ब्रह्म अति चेतनको महŒवपूर्ण खोज गर्नुभएको छ।  त्यो निर्वाणप्राप्त व्यक्तिले मात्र अनुभव गर्न सक्छ, त्यसैले भनिन्छ कि बुद्धको निर्वाणपछि पनि देवताहरू उहाँसँग उपदेश लिन र उहाँको दर्शन गर्न आइपुग्थे।  
जीवनका अन्तिम २४ वर्ष यही अतिचेतन चेतनाको अवतरणका अनेक आयाममा श्रीअरविन्दको जीवन समर्पित रह्यो।  मनुष्यको मूल दुःखको कारण उहाँ ओशोले जस्तै आध्यात्मिक बेहोसीलाई मान्नुहुन्थ्यो।  यो बेहोसीबाट मुक्त हुन अतिचेतनको अवतरणका लागि श्रीअरविन्दले अथक प्रयास गर्नुभयो। 

भारत स्वतन्त्र भएपछि सबै नेताले श्रीअरविन्दलाई भारतको प्रथम राष्ट्रपति हुन आग्रह गरे।  तर उनले यसलाई अस्वीकार गर्नुभयो र भन्नुभयो– ‘म आध्यात्मिक जागरणद्वारा नै राष्ट्र र विश्वको सेवा गर्छु। ’ विश्वभरका आफ्ना साधक बोलाएर एक आध्यात्मिक सहर बनाउने एक अद्भूत परिकल्पनाश्रीअरविन्द र मदरको छ।  उहाँको परिकल्पना छ– विश्वभरिका ५० हजार अध्यात्ममा उत्सुक साधकहरूको एउटा सहर बसोस्,जुन प्रथमचोटि एक विश्व सहर बनोस्।  सबै देशका कला, संस्कृति, धर्मको त्यहाँ प्रतिनिधित्व होस् र त्यहाँ व्यक्ति जातीय, राष्ट्रिय र धर्मको सीमाबाट मुक्त भएर ‘वसुधैव कुटुम्बकम्’को उच्च आर्दशमा बसुन्।  पोण्डिचरीबाट २० किमि टाढा श्रीअरविन्द र मदरको त्यो औरविल्लो नामको स्वप्न नगरी फस्टाइरहेको छ।  त्यहाँ अहिले विश्वभरका ५८ राष्ट्रबाट करिब ३ हजार साधकस्थायी रूपमा बस्छन्।  त्यसमा नेपालका पनि ६ साधकबसिरहेका छन्। 

मैले औरविल्लोमा अनेकचोटि प्रवास गरिसकेको छु।  ओशो तपोवन बनाउने परिकल्पनाको बीजारोपण पनि औरविल्लोमै भएको हो।  ओशोको पनि अमेरिकाको ओरेगनमा अवस्थित रजनीशपुरम्मा नामको सहरमा १ लाख साधकबसाउने परिकल्पना थियो र ३ वर्षभित्र विश्वभरिबाट ५ हजार साधकस्थाथी रूपमा बस्न आइसकेका थिए।  आज ओशो तपोवनमा पनि प्रत्येक वर्ष ८० राष्ट्रका साधक महिनौँ बस्छन् र साधना गर्छन्।  श्रीअरविन्दसँग भारतका सबै मूर्धन्य राजनीतिक व्यक्तिहरूसँग गहिरो सम्बन्ध भएकाले औरविल्लोभारत सरकारले सहायता र प्रोत्साहन गरेको आयोजना बन्नगयो, जसलाई युनेस्को र फ्रान्सेली सरकारले पनि मान्यता दिएका छन् र सबै प्रकारका सहयोग गर्दै आएको छ।  औरविल्लोमा आएर बस्ने व्यक्तिलाई भारत सरकारले निःशुल्क स्थायी बसोवासको अनुमति दिन्छ र भावनात्मक प्रतीकका रूपमा धनराशि पनि सहयोग गर्छ।

  विश्वभरिबाट औरविल्लो हेर्न लाखौँ पर्यटक प्रत्येक वर्ष आउँछन्।  नेपालमा पनि यस्ता केही अन्तर्राष्ट्रियआध्यात्मिक गाउँ बसाउने हाम्रो पनि पुरानो सपना छ, जहाँ विश्वभरका साधक जातीय, धार्मिक र राष्ट्रिय सीमा बिर्सेर एक विश्व परिवार बनाएर बस्न सकुन्।  यो परिकल्पनाले मूर्तरूप लिन सक्यो भने यसले नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा बढ्नेछ र साथै नेपालको आध्यात्मिक, आर्थिक र पर्यटकीय विकासमा सहयोग पुग्नेछ।

नेपाल सरकारले यो परिकल्पनालाई सहयोग ग-यो भने लगभग ८० राष्ट्रका व्यक्ति यहाँ आएर बस्न अहिल्यै नै तयार छन्।  यो परिकल्पनालाई मूर्तरूप दिन र नेपालस्थित ओशोका कम्युनहरूलाई अन्तर्राष्ट्रिय आध्यात्मिक गाउँ बनाउनहामी अनवरत प्रयासमा लागिरहेका छौँ।  नेपालका प्रत्येक चेतनशील प्रबुद्ध नागरिक र नेपाल सरकारलाई यस पवित्र सुन्दर परिकल्पना बुझिदिन र यसलाई मूर्तरूप दिन सहयोग गर्न  हार्दिकअनुरोध गर्दछु।







यसमा तपाईको मत

अन्य समाचार

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

हुन्डाई भेन्यू अब नेपालमा

हुन्डाई भेन्यू अब नेपालमा

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । ...

टाटा एचफाइभको बुकिङ खुल्ला

टाटा एचफाइभको बुकिङ खुल्ला

टाटा मोटर्सको चर्चित प्रिमियम एसयुभी टाटा एचफाइभ बुकिङका लागि खुला गरिएको छ । ...

बजाजको ‘भविष्यवाणी’ अफर

बजाजको ‘भविष्यवाणी’ अफर

बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनील चाडपर्वको लक्षित ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ नारासहित ‘बजाज भविष्यवाणी’ प्रवद्र्धन...

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

Ncell Footer Ad