८ वैशाख २०८१ शनिबार
खेल

इभान लोनबाट बायर्नमा

बर्लिन – जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले मंगलबार इन्टर मिलानका विंगर इभान पेरिसिकलाई एक वर्षका लोनमा भित्र्याएको छ।

मंगलबार क्लबले इन्टर मिलानका क्रोएसियन खेलाडी पेरिसिकलाई लोनमा भिœयाउने निश्चित भएको हो। ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलेका इभानले तत्कालै टोलीका लागि राम्रो नतिजा निकाल्न सहयोगी भूमिका खेल्नेछन्,’ बायर्नका स्पोर्टिङ निर्देशक हसन सालिहामिजिकले भने, ‘अद्भुत र चतुर तरिकाले काउन्टर गर्न सक्ने खेलाडी हुन्।’

यसअघि बायर्नले म्यानचेस्टर सिटीका लोरी सानेलाई पहिलो प्राथमिकतामा राखे पनि चोटका कारण पक्रिया अगाडि बढेको थिएन। दोस्रो प्राथमिकतामा रहेका ३० वर्षीय पेरिसिकलाई बायर्नले एक वर्षका लागि लोनमा क्लबमा अनुबन्ध गर्न लागेको हो। २०१८ विश्वकप फाइनलसम्मको यात्रा तय गरेको टोली क्रोएसियाका सदस्य इभानको सोमबार नै बायर्न जाने पक्का भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इभान पाँच करोड युरोमा नयाँ क्लब जान लागेको बताएका छन्। यसका अलावा अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले सिजनको अन्त्यमा २ करोड युरोमा किन्न पाउने अवस्था पनि रहेको उल्लेख गरेका छन्। इभान जर्मनीमा चर्चित खेलाडी हुन्। बुन्डेस लिगाको क्लब बोरुसिया डर्टमन्डमा २०११ देखि २०१३ सम्मको सिजन खेलेका इभानले टोलीलाई बुन्डेसलिगाको उपाधि दिलाएका छन्। उनी उल्भ्सबर्गमा रहँदा जर्मन कपको उपाधि दिलाउन महŒवपूर्ण भूमिका खेलेका थिए। इभानले २०१३ देखि २०१५ सम्म उल्भ्सबर्गमा खेलेका थिए।  

‘पुनः जर्मनीमा फर्किन पाउँदा निकै खुसी छु। बायर्न जर्मन बुन्डेसलिगा र युरोपको एक उत्कृष्ट क्लब हो,’ इभानले भने, ‘अबको उद्देश्य लिग र जर्मन कपको उपाधि मात्र उचाल्ने होइन। च्याम्पियन्स लिगको उपाधि उचाल्ने रहेको छ।’लोनमा बायर्न पुगेका इभानले यसअघि पनि निको कोभाकको प्रशिक्षणमा खेलिसकेका छन्। त्यसैले इभानलाई क्लबमा छिट्टै घुलमिल हुन सहज भएको छ।

‘विश्वस्त छु किन इभान छिट्टै क्लबमा घुलमिल हुनेछन्। प्रशिक्षक कोभाक र इभानबीच राम्रो सम्बन्ध छ। एकअर्कालाई दुवैले बुझेका छन्,’ स्पोर्टिङ निर्देशक हसन सालिहामिजिकले थपे। इभानको इन्टर मिलानसँग सम्झौता २०२२ सम्मको रहेको छ।

भेट्रान खेलाडी आर्येन रोबेन र फ्रान्क रिबेरीको क्लबबाट प्रस्थानसँगै नवप्रवेशी इभान क्लबका भरपर्दा खेलाडी बन्न सक्छन्। त्यसका लागि क्लबराम्रो वातावरण बनाउन चाहन्छ। पहिलो प्राथमिकतामा रहेका म्यानचेस्टर सिटीका सानेको चोटपछि क्लबले के गर्ला अन्योल नै छ। सानेलाई भिœयाउने विषयलाई अब बायर्नले योजना ‘बी’ को रूपमा राखेको छ। तर योजना कहिले कार्यन्वयन गर्ने विषयमा भने आधिकारिक धारणा केही राखेको छैन।

‘इभान भित्र्याउनु तत्कालको समाधान होइन। अहिलेको अवस्थामा उनी क्लबका लागि आवश्यक पर्ने खेलाडी हुन्। उनलाई क्लबमा घुलमिल हुन धेरै समय लाग्ने छैन,’ बायर्नका पूर्वकप्तान स्टेफन इफनबर्गले बताए। बायर्नले शु्क्रबार हर्था बर्लिनलाई आतित्थ्य गर्दै बुन्डेसलिगाको नयाँ सिजन सुरुआत गर्दै छ।

प्रकाशित: ३० श्रावण २०७६ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App