coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

स्किब्स बास्केटबल यसै साता

काठमाडौं – स्किब्सको आयोजनामा पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ। प्रतियोगितामा तीन विधामा ६९ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा २९, जुनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा २४ टोलीले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुने बताइएको छ। सिनियर ब्वाइजमा होप भ्याली, जुनियर ब्वाइजमा महामञ्जुश्री र सिनियर गल्र्समा निम्स डिफेन्डिङ च्याम्पियन हुन्। खेल बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछन्। फाइनल भदौ ४ गते हुनेछ।

प्रकाशित: ३० श्रावण २०७६ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App