६ वैशाख २०८१ बिहीबार
खेल

एभीसी सेन्ट्रल जोनः अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं– एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनशीपकाे पूर्वसन्ध्यामा भएको अफगानिस्तानसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा बुधबार सम्पन्न खेलमा नेपालले आफगानिस्तानलाई पाँचौं सेटमा १५–१३ अंकले पराजित गरेको हो। खेलमा २–२ सेटको बराबरी भएपछि पाँचौं सेट खेलाइएको थियो। 

नेपाली टिमको कप्तानी इम रानामगरले गरेका थिए भने अफगानिस्तानको कप्तानी अमि मोइतले गरेका थिए। 

आजको खेल राष्ट्रिय रेफ्री पूर्ण चौलागाई र कुलबहादुर रानाले खेलाएका थिए। 

एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनशीप भदाै २ गतेबाट सुरू हुँदैछ।

प्रकाशित: २९ श्रावण २०७६ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App