६ वैशाख २०८१ बिहीबार
अर्थ

किन बढिरहेको सुनको मूल्य? नेपाली बजारमा अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौँ- केहीँ सातायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा छ। बजारमा सुन खरिद गर्न आउने भन्दा बिक्री गर्न आउनेको भिड देखिन्छ। प्रतितोला सुनको भाउ ७१ हजार पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्षयताकै उच्च विन्दुमा पुगेको हो। अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष असर सुनकाे काराेवारमा परेको छ। चीनबाट निर्यात हुने बस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो।

चीनबाट आयात हुने बस्तुमा भन्सार महुसुल बढाउने निर्णय अमेरिकाले गरेलगत्तै चीनले पनि अमेरिकी उत्पादनको आयातमा कडाइ गरेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्म सुन्दर शाक्यले सुनको मूल्यवृद्धि हुनुमा अमेरिका र चीनबीच बढेको व्यापार विवाद प्रमुख कारण रहेको बताउँछन्।

सुनको मूल्य अकासिँदा त्यसको मार विपन्न राष्ट्रमा बढी पर्ने गर्छ। बज्राचार्य भन्छन  भन्छन्, ‘यस्तो बेला जोसँग स्टक छ। उसैले कमाउने हो। हालसम्मको विवरण अनुसार सबभन्दा बढी सुन अमेरिकासँग नै छ।’ सुन महँगो हुँदा नेपाल जस्ता मुलुकमा उपभोक्ताले अतिरिक्त रकम खर्च गर्नुपर्ने हुन्छ। सर्वसाधारणको क्षमता भन्दा बढी रकम खर्चेर सुन खरिद गर्नुपर्ने भएपछि कारोबार गर्ने हैसियत रहँदैन। जसले गर्दा कारोबार ठप्प हुने गर्छ। ‘गरिब मुलुकका उपभोक्ता र व्यवसायीका लागि सुनको मूल्य वृद्धि हुनु भनेको घाटा मात्रै हो,’ उनले भने, ‘तर, यस्तो अवस्थामा हाम्रो मुलुकले गर्न सक्ने केही हुँदैन।’

प्रकाशित: २९ श्रावण २०७६ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App