४ वैशाख २०८१ मंगलबार
खेल

सुनकोसी किनारमा बीच भलिबल

काठमाडौं- पाँचौं महिला तथा छैटौं पुरुष राष्ट्रिय बिच भलिबल काभ्रेको दोलालघाटस्थित सुनकोसी नदीको किनारमा हुने भएको छ। नेपालमा कृत्रिम कोर्टमा बिच भलिबल हँुदै आएको छ। नेपाल भलिबल संघले यसपल्ट प्राकृतिक बिच कोर्टमा प्रतियोगिता गर्ने जनाएको छ।मंसिर १५ बाट हुने प्रतियोगितामा पाँच विकास क्षेत्रको टोलीसहित तीन विभागीय क्लब नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मीले भाग लिने छन्। लिगकम नकआउटकाआधारमा हुने प्रतियोगिताका सहभागी टोलीले दुई टोली समावेश गर्न पाउने छ।

पुरुष र महिलातर्फ समान १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमले१–१ प्रशिक्षक र व्यवस्थापक राख्न पाउनेछ।

मंसिर १८ सम्म चल्ने प्रतियोगिताको व्यवस्थापन काभ्रे जिल्ला भलिबल संघले गर्नेछ।

प्रतियोगितालाई व्यवस्थित गर्न काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष तीर्थ श्रेष्ठको संयोजकत्वमा आयोजक कमिटी गठन गरिएको छ।

विजेता महिला र पुरुष टोलीले समान २५ हजार, उपविजेताले १५ हजार र तेस्रो टिमले १० हजार पाउनेछन्। एपिएफ महिला र पुरुष दुवै साबिक विजेता हुन्।

एपिएफका सरस्वती चौधरी र नेबिका चौधरीले पहिलो स्थान हासिल गर्दा पुरुषतर्फ महेन्द्र श्रेष्ठ र सुरेश चौधरीले उपाधि जितेका थिए।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पहिलोपल्ट प्राकृतिक बिच कोर्टमा भलिबल गर्नु भलिबलका लागि उपलब्धि भएको बताए। उनले भने, 'हामी खुसी छौं। पहिलोपल्ट हामीले प्राकृतिक स्थानमा प्रतियोगिता गर्दैछौं। यसले भविष्यमा बिच खेलको विकासमा सहयोग गर्नेछ।'

प्रकाशित: २७ कार्तिक २०७३ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App