८ वैशाख २०८१ शनिबार
कला

मनिषाको सिक्किम यात्रा

बलिउडकी नेपाली अभिनेत्री मनीषा कोइराला यही साता सिक्किममा सम्पन्न इनास नेपाली फिल्म अवार्ड कार्यक्रमकी आकर्षण बनिन्। उनको यो दोस्रो सिक्किम भ्रमण हो। अघिल्लो भ्रमण उनी नौ महिनाको उमेरमा करिब ४५ वर्षअगाडि भएको थियो। त्यसैले त्यतिबेलाको भ्रमणबारे उनलाई सम्झना हुने कुरै भएन।

बल्लबल्ल सिक्किम पुगेपछि त्यसलाई यादगार किन नबनाउने? त्यसैले मनीषाले हेलिकप्टर चढेरै सिक्किमलाई नियालिन्। ४५ मिनेट आकासबाट हेर्दा सिक्किमको प्राकृतिक दृश्य देखेर उनी रोमाञ्चित भइन्।

उनी सिक्किमको सौन्दर्यदेखि मात्र होइन त्यहाँ भइरहेको भौतिक विकासका गतिविधिदेखि पनि प्रभावित भइन्। प्राकृतिक सम्पदा र पर्यावरणलाई कति पनि हानि नपुर्‍याई सिक्किमले गरेको विकास उनलाई अद्भूत लाग्यो। हेलिकप्टरबाट उनलाई रोबुङ–ला, नाम्ची र चारधाम लगायत स्थानमा पुर्‍याइयो।

सिक्किमको भारतको एकमात्र अर्गानिक राज्य हो। यसमा पर्यटकहरुले ताजा र अर्गानिक सब्जीको आनन्द लिन पाउँछन्। अर्गानिक खेतीले गर्दा सिक्किमको पर्यावरणको सुरक्षा बढेको छ।

अवार्ड कार्यक्रममा मनीषालाई विशेष सम्मान गरिएको थियो।

शब्द तथा तस्बिरः विकास रौनियार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App