विवादमा सिद्धान्तवाद र व्यवहारवाद

बुधबार, २९ साउन २०७६, ०९ : २८ पुरुषोत्तम दाहाल

नेपाली राजनीतिमा एउटा विषयलाई गहिरोसँग बहस गरी निष्कर्षमा पुग्नुपर्ने भएको छ।  अनेक विषयमा उठ्न सक्छ यस्तो प्रश्न– सिद्धान्तवाद कि व्यवहारवाद ? कुन वादले आममानिसलाई आकर्षित गर्छ ? पहिलो सिद्धान्त हो कि मानिसको व्यवहार हो ? व्यवहार रआचरणलाई सँगसँगै उच्चारण गरिन्छ तर आचरण निजी दिनचर्यासँग सम्बन्धित हुन्छ भने व्यवहार एकले अर्को व्यक्ति, परिवार, समाजसँग गर्ने सम्बन्धसंँग सम्बद्ध हुन्छ।  सिद्धान्त अक्षरशः व्यवहार वा आचरणमा लागु हँुदेैन होला।  प्राचीन ऋषिमुनिहरूआचरण, व्यवहार र सिद्धान्तको तालमेल गर्न समर्थ थिएहोला, प्राचीन ग्रन्थहरू अध्ययन गर्दा यही अनुमान गर्न सकिन्छ।  तर अहिले विकसित भएका दर्शनलाई जीवनमा प्रयोग कुन हदसम्म गर्न सकिन्छ ? यो प्रश्नमाथि बहस हुनु जरुरी छ। 

एकथरी सिद्धान्तका उपदेश दिन्छन् तर आचरण शून्य छ, अर्कोथरी सिद्धान्तको लौरो टेकेर शासकीय उच्चता र पदीय जिम्वेदारीमा पुग्छन्, आचरण र व्यवहार पूरै उल्टो गरिरहेका हुनछन्।  बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो।  उहाँका करोडांैँ शिष्य हुनुहुन्छ।  तर उहाँको दीक्षाअनुरूप शिष्यहरूमा पूर्णताकासाथ आचरण र व्यवहार भएको  छ त ? केही अपवाद यहाँ स्वीकार गर्नुपर्ने हुन्छ।  बुद्धको उपदेशअनुरूप जीवन पद्धति बनाउनेहरू पनि हुनुहुन्छ।  जिसस् क्राइस्टका उपदेश र उहाँको मानवीय चरित्रको पक्षमा भन्दा पनि समुदाय बढाउने खेल प्रचलनमा छ।  मोहमदका उपदेशहरू समग्रतामा मानवीय दर्शनमा आधारित छन् तर व्यवहार हेर्दा आश्चर्य लाग्छ। 

आमनागरिकमा सिद्धान्तको असर हुन्छ कि सिद्धान्तका समर्थनमा उभिने नेतृत्व वा सदस्यहरूको आचरण र व्यवहारको प्रभावकारिता बढी हुन्छ ? राजनीतिक दल खासगरी लोकतन्त्रको सिद्धान्तमा विश्वास गर्ने दलको नेतृत्व र सदस्यहरूले यो प्रश्नको समाधान खोज्नैपर्ने हुन्छ।

दर्शनलाई र दार्शनिकहरूलाई आचरण र व्यवहारका माध्यमबाट प्रमाणित गर्ने शिष्यहरू भएनन् भने ती सबेै दर्शन धोद्रा, आडम्बरबाहेक केही पनि हुँदैनन्।  जीवन र जगतसँग जोडिएको र यसलाई स्पष्टसँग बुझाउने चिन्तन नै दर्शन हो।  आफ्ना कोणबाट यसरी बुझाउने प्रयास सबैले गरेका छन्।  नश्वरवादीहरूले पनि ईश्वरलाई नै केन्द्रमा राखेर आफ्ना विचार दिएका छन्।  ईश्वर म¥यो भनेर घोषणा गर्ने सोह्रौँ शताब्दीका दार्शनिक नित्सेले पनि विगतमा ईश्वरको अस्तित्व स्वीकार गरेका छन्।  पूर्वीय दर्शनमा चार्वाक् पनि यस्तै अनीश्वरवादी थिए।  अनीश्वरवादले पनि ईश्वरलाई नै केन्द्रमा राखेको देखिन्छ।  तर के ती सबै विचार, दर्शनअनुरूप मानिसले व्यवहार र आचरण देखाए त ? विचार र सिद्धान्तअनुरूप आचरण र व्यवहार देखाउनुपर्ने हो कि होइन ?मानिसलाई विचारका आधारमा, सिद्धान्तका आधारमा सहयोग पुग्छ कि व्यवहार र आचरणबाट सहयोग पुग्छ ? कुन महत्वपूर्ण हो विचार कि व्यवहार ?

विचार सही भएन भने व्यवहारको मात्र अर्थ हुँदैन।  खुला, पारदर्शी र जवाफदेही नभएको सिद्धान्तले नागरिकभित्रको क्षमता र असन्तोषलाई खुला र वैधानिकरूपले निकास दिँदैन।  मानिसमा यसले कुण्ठा, निरासा र विद्रोहको भू्रण उत्पन्न हुन्छ यस स्थितिमा।  सिद्धान्त खुला, पारदर्शी र जवाफदेही प्रणालीको कार्यान्वयनको मार्ग प्रत्येक अगुवाको आचरणबाट निर्दिष्ट हुन्छ।

ईश्वरीय दर्शनका विषयमा अहिले हामी बहस गर्न सक्दैनौँ।  अनेक युग बितिसकेका छन् यस्ता बहसले।  तर हाम्रो जीवनसँग प्रत्यक्ष हुने विषयमा त बहस गर्नुपर्ने होइन र ? अहिले हाम्रो जीवनसँग जोडिएको दर्शनको आधार राज्य र यसको सिद्धान्त हो।  अर्थनीति, सामाजिकवस्तुवाद, उपभोक्तावाद, मनोविज्ञान अनेक विषय हुनसक्छन् तर राजनीतिले सबैलाई नेतृत्व प्रदान गरिरहेको हुनाले राजनीतिक सिद्धान्तमाथि नै बहसगर्नु जरुरी भएको छ।  राजनीतिमा प्रत्यक्ष तीनवटा धार छन्।  पहिलो धार लोकतन्त्रको, दोस्रो धार साम्यवादको र तेस्रो धार परम्परागत सत्ताको।  यी तीनवटा धारमा नै टेकेर राष्ट्र र नागरिकको स्वतन्त्रता, समतामूलक समाज, समृद्धि र विकास अनेक विचार शाखाको निर्माण भएको छ।  सूचनाप्रविधिको अभूतपूर्व परिवर्तनले मानिसको सोच्ने शैली र विचार गर्ने शैलीमा समेत व्यापक प्रभाव परिरहेको छ।

अनेक माक्र्सवादी दिग्गजहरू नेपालका कम्युनिस्टहरू विचारमा स्खलित भएको र आचरण दलाल पुँजीवादमा रूपान्तरित भएको हुनाले आजको परिवर्तनमाथि खतरा देख्न लागेका छन्।  उनीहरू वर्तमान लोकतान्त्रिक राजनीतिक सिद्धान्तमा टेकेर माक्र्सवादी लक्ष्य तय गर्न चाहन्छन्।

राजनीतिमा गान्धी दर्शन कहाँ छ ? राज्यविहीन समाजको परिकल्पना गर्ने माक्र्सवाद कहाँ पुग्यो ? आधुनिक राज्यप्रणालीको सेरोफेरोमा गान्धीवाद र माक्र्सवाद नै घुमिरहेको छ।  अधिकांशरूपमा यी दुईको फ्युजन शासकीय सिद्धान्त बनिरहेको अवस्था छ।  तर प्रश्न उठ्छ– माक्र्सवादीहरूले माक्र्सवादी दर्शनलाई आत्मसात् गरेका छन् त ? आफ्ना सत्तास्वार्थ र समयअनुकूल आफूलाई केन्द्रमा राखेर गरिएका परिभाषा र व्याख्याहरूलाई कुनरूपमा बुझ्ने र वरण गर्ने ? गान्धीवाद त सत्य र अहिंसाको आदर्श थियो।  आवश्यकताअनुरूप यसको पनि भाष्य भइरहेको छ।  पहिले सोेक्रेटिक्सले सत्य र ज्ञानको कुरा गरे।  त्यो अमर विचार अहिले राजनीतिशास्त्रका विद्यार्थीहरूबाहेक अरुका लागि उपयोगी हुनसकेको देखिँदैेन।  अब त राजनीतिशास्त्र अध्ययन गर्नेहरू पनि शीला खोजेझैँ खोज्नुपर्ने अवस्था छ। 

अरु विषय अध्ययन गर्न नपाउने, नसक्ने वा वृत्ति विकासका लागि कुनै डिग्री आवश्यक पर्नेहरूले मात्र राजनीतिशास्त्रको पढाइ गरिरहेका देखिन्छ।  अहिंसा र सत्यको विचार प्रक्षेपण गर्ने,लोकतन्त्रका मूल्यमा केन्द्रित गान्धीवादमा एकातिर ईश्वरवादको अपरिहार्यता छ भने अर्कातिर भौतिकवादी प्रभाव प्रयोगको व्याप्ति पर्याप्त मात्रामा देखिन्छ।  सिद्धान्तका अनेक परिभाषा गर्दै राजनीतिक प्रणालीलाई उचित र सार्थक बनाउने अनेक समय आए र गए।  अहिले नेपालमा लोकतान्त्रिक राजनीतिक मूल्यको राजनीति छ।  अरु विषय संयन्त्र जस्ता हुन्।  तर लोकतन्त्रमा दलीय आकर्षण विस्तारै स्खलित हुन लागेका अनेक बहस सार्वजनिक भइरहेका छन्।

परिवर्तनका हरेक क्षणमा आफूलाई प्रगतिशील दाबी गर्ने माक्र्सवादीहरू र स्वतन्त्रता र सामाजिक न्यायको समर्थनमा सशक्त भएर लोकतान्त्रिक समाजवादको परिचय स्थापित गरेको लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस पृथक धाराका प्रणालीको पक्षधर छन्।  तर यी दुवैलाई चुनौती दिनसक्ने गरी परम्परागत धार सतहमा देखिन लागेको छ।  राजनीतिमा परिवर्तन र पुनरुत्थानका अनेक प्रसंग इतिहासमा पढ्न पाइन्छ।  बेलायतमा सन् १६४५ पछि हिंसाद्वारा नै परम्परागत राजसंस्थाको उन्मूलन गरी गणतन्त्रको स्थापना भएको थियो।  तर एकदशक नपुग्दै त्यो गणतन्त्र अन्त्य भएर राजसंस्था पुनर्जन्म भएको थियो।  यसो किन भयोहोला ? आजका सन्दर्भमा हेर्दा परिवर्तनले सिद्धान्तअनुरूप आचरण गर्न असमर्थ भएर पो हो कि ? पहिलो कम्युनिस्ट सत्ता रुसमा सन् १९१७ मा स्थापित भयो।  तर यो सत्ता सात दशकभन्दा बढी टिक्न सकेन र सन् ९० को हाराहारीमा यसको पतन भयो।   किन होला ? अथवा सर्वहाराका नाममा आएको पोलिस कम्युनिस्ट सत्तामा बस्नेबित्तिकैश्रमिकहरूले पाउरोटीको एक टुक्राका लागि किन त्यहाँको सत्ता नै परिवर्तन गर्नुप¥यो होला ? नेपालमा नै २००७ को परिवर्तनलाई नेपालका दलहरू टिकाउन किन असमर्थ भए ?

निर्दलीय पञ्चायत प्रणालीमा त आफैँमा अनेक खराबी थिए।  साम्यवादी वर्गीय अधिनायकत्वका अनेक गुण विद्यमान भएका कारण निर्दलीय पञ्चायतको अवशान अनिवार्य भयो।  तर २०४६ पछिको परिवर्तनले स्थायित्व ग्रहण गर्ने सामथ्र्य किन राखेन ? के सिद्धान्त रआचरण व्यवहारबीचको बेमेलका कारण यसो भएको हो ? अहिले पनि राजनीतिक प्रणालीका जिम्मेवारहरू आफँै तर्सन लागेका सुनिन्छ।  किन त ? मलाई यस सन्दर्भमा रवर्ड ए. डाहलको भनाइ अत्यन्त सान्दर्भिक लाग्छ।  उनी लेख्छन्– इतिहास सधैँ उपकारी भइरहँदैन।  बरु यसको उल्टो इतिहासले कैयौँ मुलुकमा त्यस्तो राजनीतिक संस्कृति स्थापित गराएको छ जसले बढीमा प्रजातान्त्रिक संस्थाहरू र विचारहरूप्रति मत्थर समर्थन दिने गर्छ र अर्कोतर्फ अधिनायकवादी शासन व्यवस्थाप्रति तीव्र समर्थन पु-याएको हुन्छ।

नेपालको आजको विचार, सिद्धान्त र व्यवहारका सन्दर्भमा डाहलको यो कथन चरितार्थ भइरहेको छ।   लोकतान्त्रिक प्रणाली छ तर शासनमा जनवादी केन्द्रीयताको बाटोमा हिँड्न चाहने शक्तिलाई स्थापित गरिएको छ र यो भन्दा पनि बढेर परम्परागत शक्तिको पृष्टपोषण भइरहेको छ।  विचित्रको अवस्था नेपालमा देखिएको छ।  उदार लोकतन्त्रले दिनुपर्ने सेवा दिन नसकेर मात्र हो त यसो भएको ? यो एउटामात्र प्रश्नले जनवादी केन्द्रीयतावाद वा अहिले आएर परम्परागत शासकीय चिन्तन विस्तृर्ण नभएको हुनसक्छ।  लोकतन्त्र आजको सबैभन्दा ग्रहणीय राजनीतिक सिद्धान्त हो।  यो विचारमात्र होइन।  तर यस विचारको स्थायित्वमाथि बारम्बार प्रश्न उठिरहनुमा सेवाग्राहीको आकांक्षा वा असन्तोषमात्र होइन होला।  सिद्धान्तको पाठ घोक्नेहरूबाट व्यक्तिगत आचरण र सामाजिक व्यवहारमाथि देखाइएको उदासीनता र प्रदर्शित निरपेक्षभाव नै यसको मूल कारण हो भन्ने मलाई लाग्छ। 

अनेक माक्र्सवादी दिग्गजहरू नेपालका कम्युनिस्टहरू विचारमा स्खलित भएको र आचरण दलाल पुँजीवादमा रूपान्तरित भएको हुनाले आजको परिवर्तनमाथि खतरा देख्न लागेका छन्।  उनीहरू वर्तमान लोकतान्त्रिक राजनीतिक सिद्धान्तमा टेकेर माक्र्सवादी लक्ष्य तय गर्न चाहन्छन्।  अर्कोतर्फ लोकतन्त्रलाई आदर्श र राजनीतिक दर्शन मान्ने शक्तिहरूको समेत क्षयीकरण भइरहेको छ।  लोकतन्त्रका सहयोगीहरूको मत छ– सिद्धान्तअनुकूलको आचरण भएन। यसैकारण आमनागरिकमा सिद्धान्तको असर हुन्छ कि सिद्धान्तका समर्थनमा उभिने नेतृत्व वा सदस्यहरूको आचरण र व्यवहारको प्रभावकारिता बढी हुन्छ ?

राजनीतिक दल खासगरी लोकतन्त्रको सिद्धान्तमा विश्वास गर्ने दलको नेतृत्व र सदस्यहरूले यो प्रश्नको समाधान खोज्नैपर्ने हुन्छ।  सिद्धान्तको विशाल समुद्रमा रहे पनि सही आचरण देखाउन सकेन भने विवेकशील आफूलाई बनाउन सकेन भने र आममानिसको मनलाई आफ्नो निजी स्वभाव, व्यवहार र आचरणमार्फत् जित्न सकेन भने कुनै पनि सिद्धान्तवाद कुनै पनि बेला कसेै न कसैको आखेट हुनसक्छ।  सिद्धान्तको सफलताकालागि आचरण र व्यवहारको सर्वस्वीकार्यता अनिवार्य हुन्छ।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad