नेपाल विद्युत् प्राधिकरण

पोहोरको नाफा ७२० करोड, सञ्चित नोक्सानी अझै १५ अर्ब

बुधबार, २९ साउन २०७६, ०८ : ३४ हिमाल लम्साल  | @mtlamsal

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष ०७५/७६ मा सात अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा एक सय ४९ प्रतिशत बढी हो। प्राधिकरणले गत वर्ष अघिल्लो वर्षको तुलनामा चार अर्ब ३० करोड रुपैयाँ बढी नाफा कमाएको हो।

नेतृत्व कुलमान घिसिङले सम्हालेसँगै प्राधिकरण क्रमशः नाफामा जान थालेको हो। कार्यकारी निर्देशक घिसिङले विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक तथा वित्तीय सुधारका कदम चालेका छन्। अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा प्राधिकरणले दुई अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

घिसिङले नेतृत्व सम्हाल्नुअघि आव ०७२/७३ मा प्राधिकरणको घाटा आठ अर्ब ८९ करोड थियो। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी कार्यकारी निर्देशक घिसिङको कुशल व्यवस्थापनकै कारण प्राधिकरण क्रमशः नाफामा जान थालेको बताउँछन्। ‘आर्थिक वर्ष ०७२/७३ सम्म बर्सेनि आठ अर्ब ८९ करोड रुपैयाँ नोक्सान थियो,’ उनले भने, ‘सो बेला विद्युत् चुहावट, सञ्चालन खर्च, उत्पादन खर्च धेरै हुन्थ्यो। आम्दानी न्यून भएकाले नोक्सान धेरै हुन्थ्यो।’ प्राधिकरणले तीन वर्षदेखि लगातार नाफा कमाइरहेको प्रवक्ता अधिकारीले बताए।

‘विगतको तुलनामा प्राधिकरणले आर्थिक हिसाबले धेरै फड्को मारिसकेको छ,’ उनले भने, ‘गत आर्थिक वर्षमा एक सय ९५ मेगावाट विद्युत् उत्पादन भएको छ। आगामी आर्थिक वर्षमा एक हजारभन्दा धेरै मेगावाट उत्पादन हुने अनुमान छ। त्यसैले, अब प्राधिकरणको नाफा क्रमशः बढ्दै जानेछ।’

प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७३/७४ मा एक अर्ब ४६ करोड, आर्थिक वर्ष ०७४/७५ मा दुई अर्ब ८४ करोड र आर्थिक वर्ष ०७५/७६ मा सात अर्ब २० करोड रुपैयाँ खुद नाफा भएको छ।

सञ्चित घाटा पनि घट्यो
प्राधिकरणले विगतको तुलनामा सञ्चित घाटा पनि कम गर्दै लगेको छ। तीन वर्षअघिसम्म प्राधिकरणको सञ्चित घाटा करिब २८ अर्ब रुपैयाँ थियो। प्रवक्ता अधिकारीले सञ्चित घाटा पनि क्रमशः न्यूनीकरण गर्दै गएको बताए। ‘प्राधिकरण घाटामा जाँदा सञ्चित घाटा पनि बढ्दै गएको देखिन्थ्यो,’ उनले भने, ‘नाफा आर्जन गर्न थालेसँगै सञ्चित घाटा कम हुँदै आएको छ।’ अहिले प्राधिकरणको सञ्चित घाटा १५ अर्ब रुपैयाँ छ।

प्रवक्ता अधिकारीका अनुसार तीन वर्ष अघिसम्म प्राधिकरणको सञ्चित घाटा २८ अर्ब रुपैयाँ थियो। ‘अहिले १५ अर्बमा झरेको छ,’ उनले भने। प्राधिकरणको आम्दानी दिगो रुपले बढ्दै गएकाले पनि सञ्चित नोक्सानी क्रमशः कम भएको हो। घिसिङले २०७३ सालमा प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए।

आयात २३ अर्ब, निर्यात ३२ करोड
प्राधिकरणले छिमेकी भारतबाट गत आर्थिक वर्षमा २३ अर्ब तीन करोड रुपैयाँको बिजुली आयात गरेको छ। भारततर्फ ३२ करोड रुपैयाँको बिजुली निकासी गरेको मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्राधिकरणले निजी उत्पादकबाट १४ अर्ब १३ करोड रुपैयाँको बिजुली खरिद गरेको पनि सो अवसरमा जानकारी दिइयो। प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सात अर्ब ५५ करोड युनिट (गिगावाट आवर) मध्ये प्राधिकरण मातहतका आयोजनाबाट दुई अर्ब ५५ करोड युनिट (३४ प्रतिशत) बिजुली उत्पादन भएको छ। निजी उत्पादकबाट दुई अर्ब १९ करोड युनिट (२९ प्रतिशत) उत्पादन भएको थियो। भारतबाट करिब तीन अर्ब ४७ करोड युनिट (३७ प्रतिशत) बिजुली आयात गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ।

५.१३ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण
प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा वार्षिक चुुहावट दर १५.३२ प्रतिशतमा झारेको छ। अघिल्लो आर्थिक वर्षमा देशभर विद्युत् चुहावट दर औसत २०.४५ प्रतिशत थियो। अहिले घटेर १५.३२ प्रतिशत कायम भएको छ। आर्थिक वर्ष ०७२/७३ मा वार्षिक औसत चुहावट दर २५.७८ प्रतिशत थियो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ प्रभावकारी अभियान सञ्चालन गरेकोले चुहावट नियन्त्रणमा सफल भएको बताउँछन्। ‘प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणको लागि देशैभर अभियान चलायौं। जसको परिणामस्वरुप चुहावट नियन्त्रणमा सफलता हात पार्न सकेका हौं,’ उनले भने, ‘प्राधिकरणले चुहावट नियन्त्रण, चोरी नियन्त्रण, महसुल बक्यौता असुली र प्राविधिक चुहावट नियन्त्रण लगायत विभिन्न अभियानको परिणामस्वरुप यो उपलब्धि हात पार्न सफल भएका हौं।’ प्राधिकरणका अनुसार वितरणतर्फको चुहावट ११ प्रतिशत र प्राविधिकतर्फको चुहावट चार प्रतिशत छ।

ऊर्जा खपतमा केन्द्रित हुन्छौं : मन्त्री पुन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार पत्रकार सम्मेलन गरी प्राधिकरणको वार्षिक उपलब्धिसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका थिए। ‘प्राधिकरणले गत आर्थिक वर्षमा ठूलो सफलता हात पारेको छ,’ उनले भने, ‘विद्युत् चुहावट नियन्त्रण, वित्तीय सुधार, प्रसारण लाइन निर्माण लगायतमा उच्च सफलता हात पारेको छ।’

मन्त्रालयले विद्युत् ऐन र प्राधिकरण ऐन समयसापेक्ष बनाउने कसरत गरिरहेका छौं। अबको केही समयभित्रै संशोधन विधेयकको ड्राफ्ट सरोकारवाला पक्षसँग छलफल गर्न सार्वजनिक गर्ने मन्त्री पुनले बताए।’ मन्त्री पुनले एक वर्षभित्रै एक हजार मेगावाट जलविद्युत् प्रसारण लाइन जोडिने भएकाले चुनौती र अवसर दुवै भएको बताउँछन्। ‘आगामी वर्षदेखि पर्याप्त जलविद्युत् उत्पादन हुनेछ,’ उनले भने, ‘उत्पादन भएको बिजुली कसरी खपत गर्ने विषयमा नीतिगत निर्णय गरिसकेका छौं। अब क्रमशः खपत बढाउँदै व्यवस्थित गर्नेतर्फ लाग्नेछौं।’ मन्त्री पुनले विद्युतीय सार्वजनिक सवारी साधन र विद्युतीय चुलोलाई प्रोत्साहन गर्ने खालको नीति अवलम्बन गर्ने बताए।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad