coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

वीरगन्जमा फिल्म महोत्सव हुँदै

वीरगन्ज - आर्थिक नगरी वीरगन्जमा यस पटक बेग्लै चहलपहको तयारी छ।  नेपाली फिल्म क्षेत्रका फिल्मकर्मीहरूको जमघट वीरगन्जमा हुने भएको छ।  आगामी असोज १ देखि वीरगन्जमा फिल्म महोत्सव को आयोजना हुने भएको छ। 

चलचित्र निर्माता संघले आयोजना गर्न लागेको फिल्म महोत्सवमा नेपाल र बलिउडका फिल्मकर्मीहरू सहभागी हुँदैछन्।  चलचित्र विकास बोर्ड  र  नेपाल उद्योग  वाणिज्य  महासंघको सह–आयोजनामा हुन लागेको महोत्सव आगामी असोज ३ सम्म चल्नेछ।  

चलचित्र निर्माता संघले महोत्सवको तयारीका लागि वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी संघ र वीरगन्ज उद्योग वाणिज्य संघसँग छलफल सम्पन्न गरेको छ।  वीरगन्जस्थित आदर्शनगर रंगशालामा आयोजन हुने महोत्सवको लागि ‘तराई, पहाड र हिमालको उत्सव, नेपाली फिल्मको स्वर्णिम महोत्सव’ नारासहित वीरगन्जमा राष्ट्रिय फिल्म महोत्सवको आयोजना गर्दैछौं,’ चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने, ‘नेपाली फिल्म र तराईका दर्शकसँग रहेको दुरी घटाउने प्रयासस्वरुप वीरगन्जमा महोत्सवको आयोजना गर्न लागिएको छौं। ’ महोत्सवबाट पर्यटन प्रर्वद्धन र फिल्म क्षेत्रको विकासँगै लग्ने प्रयास गरिएको उनले दाबी गरे। 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न संघले सक्दो प्रयास गर्ने बताए।  आयोजकसँग छलफलपछि होटल व्यवसायी केडियाले वीरगन्जका लागि यो महोत्सव ऐतिहासिक अवसर भएका बताउँदै वीरगन्जले यसको उपयोग गर्न सक्नुपर्ने बताए।  महोत्सवले स्थानीय पर्यटन व्यवसायलाई टेवा पुग्ने होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले दाबी गरे।

प्रकाशित: २९ श्रावण २०७६ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App