८ वैशाख २०८१ शनिबार
खेल

संगीताद्वारा तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।   काठमाडाैं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा संगीताले मंगलबार ४९ केजी तौलसमूहर्फ तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

  संगीताले स्न्याचमा ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजी र कुलमा १ सय ३५ केजी भार उचाल्दै तीनैमा कीर्तिमान बनाइन्।  संगीताले यसअघि आफ्नै नाममा रहेको ५८ केजी, ७५ र १ सय ३३ केजीको कीर्तिमान सुधार गरेकी हुन्।  सो कीर्तिमान उनले आठौं राष्ट्रिय खेलकुदमा बनाएकी थिइन्। 

महिलाकै ४९ केजी तौलसमूहमा जुनियरतर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण पदक जित्दा स्न्याचमा ४० केजी, क्लिन एन्ड जर्कमा ५० गरी कुलमा ९० केजी भार वहन गरिन्।  एपिएफकी पल्लभीकुमारी चौधरीले ४०, ४८ केजी गरी कुल ८८ केजी भार वहन गर्दै रजत पदक हात पार्दा ग्लोबल बिएसएस लिमिटेड सप्तरीकी पूजा मण्डलले ३७ केजी र ४२ केजीसाथ कुल ७९ केजी भार वहन गर्दै कांस्य पदक हात परिन्।

महिला सिनियरतर्फ ४५ केजीमा त्रिभुवन आर्मीकी रीता गुरुङले क्लिन एन्ड जर्क र कुलमा गरी दुई राष्ट्रिय कीर्तिमान बनाइन्।  रीताले क्लिनमा ६२ केजी भार वहन गर्दा स्न्याचमा ४२ केजी र कुलमा १ सय ४ केजीका साथ कीर्तिमान कायम गरिन्।  दोस्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले भने स्न्याचमा ४७ केजीका साथ कीर्तिमान बनाइन्।  करिनाले क्लिनमा ५६ केजीसहित कुल १ सय ३ केजी भार वहन गरिन्। 

बर्दियाकी हीरामोती थारू तेस्रो स्थानमा रहँदा स्न्याचमा ३० केजी, क्लिन एन्ड जर्कमा ४५ गरी कुल ७५ केजी भार वहन गरिन्।  यस तौलसमूहमा रीता गुरुङकै नाममा स्न्याचमा ४५ केजी, क्लिनमा ५० केजी र कुलमा ९५ केजीको कीर्तिमान थियो।  रीताले यो कीर्तिमान आठौं राष्ट्रिय खेलकुदमा राखेकी थिइन्।

४५ केजी जुनियर महिलामा ग्लोबल बिएसएए लिमिटेड सप्तरीकी काजल सदाले स्वर्ण जितिन्।  काजलले स्न्याचमा २७ र क्लिनमा ३७ गरी कुल ६४ केजी भार वहन गरिन्।  दोस्रो स्थानमा रहेकी दाङकी सञ्जना चौधरीले ३० र ३२ केजीका साथ ६२ केजी भार उचालिन्।  मंगलबारै सम्पन्न ५५ केजीको सिनियरमा पुलिसकी देवीकुमारी चौधरीले स्वर्ण जित्दा स्न्याचमा ६० केजी एन्ड जर्कमा ८२ गरी कुल १ सय ४२ केजी भार वहन गर्दा स्वर्ण पदक हात लागेको हो। 

आर्मीकी गौरी चौधरीले स्न्याचमा ५० र क्लिनमा ५८ गरी १ सय ८ केजी वहन गर्दा दोस्रो भइन् भने एपिएफकी लीला राईले स्न्याचमा ३०, क्लिनमा ४० गरी कुल ७० केजी भार वहन गर्दै तेस्रो बनिन्।  सिनियर ५९ केजीमा स्न्याचतर्पm सन्जु चौधरीले ७१ केजी भारका साथ कीर्तिमान बनाइन्।  यसअघि यस विधामा त्रिभुवन आर्मीकी कमला श्रेष्ठको नाममा ७० केजीको कीर्तिमान रहेको थियो।

कमलाले आठौं राष्ट्रिय उक्त कीर्तिमान बनाएकी थिइन्।  ६४ केजी तौलमा आर्मीकी शारदा चौधरीले स्न्याचमा आफ्नै नाममा रहेको ६० केजी तौलमा सुधार गर्दै ६१ केजीको कीर्तिमान बनाइन्।  राष्ट्रिय कीर्तिमान राख्ने क्रममा ७१ केजी तौलमा पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ६६ केजी भार वहन गरिन्।  उनले आफ्नै नाममा रहेको ६३ केजीको कीर्तिमान सुधार गरेकी हुन्।

संगीता राईले स्न्याचमा ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजी र कुल १ सय ३५ केजी भार उचाल्दै तीनैमा राष्ट्रिय कीर्तिमान बनाइन्।  संगीताले यसअघि आठौं राष्ट्रिय खेलकुदमा आफ्नै नाममा रहेको ५८ केजी, ७५ र १ सय ३३ केजीको कीर्तिमान सुधार गरेकी हुन्।

प्रकाशित: २९ श्रावण २०७६ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App