किर्गिजस्तानका पूर्वराष्ट्रपतिमाथि सत्ता विद्रोहको आरोप

बुधबार, २९ साउन २०७६, ०७ : ५२ एजेन्सी

बिस्केक – किर्गिजस्तानका पूर्वराष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ता विद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको छ।   किर्गिजस्तानको सुरक्षा सेवाले जनाएअनुसार पूर्वराष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो।  अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति थिए। 

अटामयेभलाई पक्राउ गर्नु अघिल्लो दिन उनका समर्थक र प्रहरीबीच भिडन्त भएको थियो।  राष्ट्रिय सुरक्षा सेवाका प्रमुख ओरोजबेक ओपुमबायेभले पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति अटामयेभले मुलुकमा रक्तपात चाहेको आरोप लगाएका छन्।  सुरक्षा प्रमुख ओपुमबायेभले भने, ‘पूर्वराष्ट्रपतिको एकमात्र चाहना सत्ताविद्रोह देखिएको छ। ’

पूर्वराष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ।  राजधानी बिस्केकमा भएको प्रदर्शनमा पूर्वराष्ट्रपतिका समर्थक हतियारसहित प्रदर्शनमा उत्रिएको र त्यसक्रममा एक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै एक सय ३० जनाभन्दा बढी घाइते भएका थिए।

सुरक्षा सेवाका वकिल जमिर बेइसेकिभले सरकारी अधिकारीहरुको नियोजित हत्या र हिंसा भड्काउन पूर्वराष्ट्रपतिको भूमिकाका बारेमा पनि अनुसन्धान भइरहेको बताएका छन्।   दुई दशकभित्रै किर्गिजस्तानमा दुई पटक क्रान्ति भइसकेको छ।  पूर्वराष्ट्रपति अटामबायेभ र राष्ट्रपति सुरोनबाई जीनबेकोभबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ।

अटामबायेभको गिरफ्तारीका बारेमा प्रहरीले दुई पटक सूचना पठाए पनि उनले आत्मसमर्पण गरेका थिएनन्।  उनीमाथि आफ्नो राष्ट्रपतीय शासनकालमा चेचेन कुख्यात व्यक्ति अजिज बाटुकायेभलाई सन् २०१३ मा मुक्त गरेको विषयमा पनि सरकारले छानबिन थालेको छ। 

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad