भिजिट नेपाल २०२० केन्द्रित पुनर्निर्माणमा कामनपा

बुधबार, २९ साउन २०७६, ०७ : १४ नागरिक

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताएका छन्।  टे वाहालमा रहेको राजकीर्ति महाविहारभित्र रहेको अक्षेभ्य तथागतको मन्दिर पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले सो बताएका हुन्। 

‘यतिबेला काठमाडौं महानगरपालिकाको ध्यान भिजिट नेपाल २०२० तर्फ केन्द्रित भएको छ,’ मेयर शाक्यले भने, ‘हामी अहिले त्यसैलाई केन्द्रित गरेर महानगरपालिकाभित्रका सम्पदा पुनर्निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने जस्ता कार्यमा लागेका छौं।  यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो। ’

उनले भिजिट नेपाल २०२० मा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नुपर्ने भन्दै सबै जनप्रतिनिधिलाई पनि एकाबद्ध भएर अघि बढ्न आग्रह गरे।  ‘न्युरोड काठमाडौंको पनि केन्द्रभागमा अवस्थित छ,’ उनले भने, ‘विश्व सम्पदा सूचिमा सूचीकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमुना बनाउन चाहन्छौं।  हामी त्यही अनुसार नै काम गरिरहेका छौं। ’

उनले अब टे बहालकै आगम घर र संकटा मन्दिर पुनर्निर्माण छिट्टै सम्पन्न गर्ने बताए।  ‘सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम गर्नुहोस्,’ उनले भने ‘तपाईंहरु सम्पदा निर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न। ’

उनले सम्बोधनकै क्रममा सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहने भन्दै महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक रहने पनि बताए।  ‘सांसद विकास कोष, प्रदेश सरकार, महानगर र वडाबाट आउने बजेट एकीकृत गरेर काम अघि बढाउने हो भने धेरै काम गर्न सकिन्छ,’ उनले भने ‘अन्य ठाउँमा सम्पदा पुनर्निर्माणमा पनि तपाईंहरु जुट्नुहोस्।  म सहयोग गर्न तयार छु। ’

काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रेदश सांसद डाक्टर अजयक्रान्ति शाक्य, क्षेत्र नम्बर ८ का प्रदेश सांसद राजेश काजी श्रेष्ठलगायतको उपस्थिति रहेको सो कार्यक्रममा काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रेश्वर मोतिकाजी बज्राचार्यलगायतले पनि सम्बोधन गरेका थिए।

  मन्दिर काठमाडौं महानगरपालिकाको २२ लाख २४ हजार ९ सय ४६, सांसद विकास कोषको ८ लाख ११ हजार ९ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो।  मन्दिरको डिजाइन काठमाडौं महानगरपालिका सहरी योजना आयोगले तयार पारेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad