८ वैशाख २०८१ शनिबार
समाज

बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

दुर्घटनाग्रस्त बाेलेराे जीप । तस्बिरः नागरिक

धादिङ– ज्वालामुखी गाउँपालिका–३ अमराईमा बोलेरो जीप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम धादिङबेसीबाट ज्वालामुखीको मैदी जाँदै गरेको बा १३ च ५२३० नम्वरको रातो नम्वर प्लेटको निजी बोलेरो जीप मंगलबार दुर्घटना भएको हो। घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरुको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते भएका ज्वालामुखी गाउँपालिका–२ बतासे बस्ने २८ वर्षीय लक्ष्मी श्रेष्ठ,  ज्वालामुखी गाउँपालिका वडा नं १ बस्ने ४० वर्षीय बीरबहादुर मगराती, सोही ठाउँका ३५ वर्षीय बल माया रानामगर, ज्वालामुखी गा.पा.१ बस्ने ५७ वर्षीय लोक बहादुर सामरीलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको छ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका–३ समीभञ्ज्याङ बस्ने प्रतिभा विक, ज्वालामुखी गाउँपालिका वडा नं ३ उखु बारी बस्ने ४२ वर्षीय बाल कुमारी विक., ज्वालामुखी गा.पा. ३ बस्ने २१ वर्षीय  मिलन परियार, हटिया बस्ने २६ वर्षीय रिजन श्रेष्ठ, मैदीकोट बस्ने १८ वर्षीय सन्ध्या परियार घाइते भएका छन्।

त्यस्तै घाइते भएका ज्वालामुखी गा.पा. २ बस्ने ४५ वर्षीय पौष प्रसाद तिवारी, सोही ठाउँका ३५ वर्षीय गोपाल नेपाली, ज्वालामुखी गा.पा. ३ बस्ने २ वर्षीय मञ्जु श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय बिष्णु नेपाली र २४ वर्षीय कोपिला श्रेष्ठ रहेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

घटनाका प्रत्यक्षदर्शी गोपालमान श्रेष्ठका अनुसार उकालो बाटोमा गुडिरहेको गाडी एक्कासी ब्रेक फेल भई अन्दाजी २ सय मिटर पछाडी हटि सडक छेउमा रहेको पक्की धारामा ठक्कर खाइसडकबाट १० मिटर तल खेतमा पुगेको थियो । 

 

प्रकाशित: २८ श्रावण २०७६ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App