विद्युत् प्राधिकरणको नाफा ७ अर्ब बढी

मङ्गलबार, २८ साउन २०७६, १६ : १७ नागरिक

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५–०७६ मा सात अर्ब बढी नाफा कमाएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सात अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन्। २०७४–०७५ मा प्राधिकरणले दुई अर्ब ९० करोड नाफा कमाएको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले एक सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो। प्राधिकरणले साँवा, ब्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ। प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्यरूपमा कमी ल्याएको छ। अघिल्लो वर्षको भन्दा ५ दशमलव १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ। हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशमलब १३ प्रतिशत छ।

प्राधिकरणले गत आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ। पत्रकार सम्मेलनमा ऊर्जामन्त्री पुनले लामो समयदेखि रुग्ण बनेको अपर त्रिशूली ३ ‘ए’ तथा कावेली करिडोरलगायतका उत्पादनतर्फ एक, प्रशारणतर्फ तीन र वितरणतर्फ ३४ गरी ३८ वटा रुग्ण आयोजनाहरू सम्पन्न भएको जानकारी दिए। उनले काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियानअन्तर्गत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad