coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

तस्बिरः राेयटर्स

हङकङ– झण्डै दुई महिनादेखि हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन्। हङकङ सरकारले गएको जुनमा ल्याएको सुपुर्दगी विधेयकलाई लिएर सुरू भएको हङकङको प्रदर्शन र विरोध अझै साम्य हुन सकेको छैन ।

केही दिनदेखि सयौं प्रदर्शनकारीहरू विमानस्थललाई घेरेर बसेका थिए। धर्नामा बसेका कारण सोमबार सबै उडानहरु स्थगित गरिएको थियो। तर, केही समय पश्चात् प्रदर्शनकारीहरु बाहिर निस्किएपछि विमानस्थल पुनः सुचारु गरिएको छ।

विमानस्थल पुनः सञ्चालन भएपछि प्रदर्शनकारीहरुका नाइकेले देशमा झनै हिंसा र दंगाको अवस्था सिर्जना भएको बताएका छन्। पछिल्लो समय प्रहरीले केही प्रदर्शकारीलाई प्रक्राउ गरेपछि आन्दोलन झनै चर्किएको थियो। बेइजिङले हङकङको प्रदर्शनलाई आतंकवादसँग तुलना गरेको छ। नेता सी जिङपिङले सन् २०१२ बाट सत्तामा आएदेखिकै ठूलो चुनौतीका रुपमा यस हिंसात्मक प्रदर्शनलाई लिएका छन् ।

‘हाम्रो सहर, हाम्रो घर हेर्न एक मिनेट समय लिनुहोस्,’ मुख्य कार्यकारी क्यारी लामले सरकारी मुख्यालय परिसरमा गरिएको पत्रकार सम्मेलनमा भनिन्, ‘के हामी त्यसलाई खाडलमा धकेल्न र त्यसलाई टुक्रा–टुक्रा पारिएको देख्न सक्छौं?’

उनका अनुसार, बेन्चमार्क ह्यान सेन्गको सूचकांक सात महिनामा झनै तल्लो स्तरमा पुगेको छ। यसको सुरुवाती समयमा दुई प्रतिशतले यो एसियाका बजारहरूमा खस्केको थियो। तर, हाल जुनदेखि सुरु भएको विरोध प्रदर्शनका कारण सो सूचकांकमा ६ प्रतिशतले तल झरेको छ।

चीनका अनुसार सोमबार प्रदर्शनकारीहरुले विभिन्न स्थानमा तोडफोड गरी ज्यादै नाजुक स्थिति निम्त्याएका छन्। प्रहरी र प्रदर्शकारीबीच धर्नालाई साम्य पार्न झडपसमेत भएको थियो। प्रहरीले प्रदर्शनकारीको बाक्लो भीड भएको हङकङको आइसल्यान्ड, कोलुन र विभिन्न स्थानहरुमा अश्रु ग्याँस प्रहार गरेको थियो।

हङकङका कानुनी विज्ञहरू भन्छन्, बेइजिङले आन्दोलनकारीहरुलाई रोक्न आतंकवाद विरोधी कानुन प्रयोग गर्ने मार्ग खोज्नु प¥यो। हङकङको एयरपोर्ट मंगलबार खोलिएका भए पनि केही उडानहरू भए तर, सयौं रद्द भए। साँझसम्म सबै उडानहरु साधारण तरिकाले सुचारु गर्न आफूहरू प्रयासरत रहेको तर, प्रदर्शकारीहरूले दिएको धम्कीले यसमा केही असर पनि पर्ने विमानस्थल अधिकारीहरू बताउँछन्।

‘असुविधाका लागि माफ गर, भविष्यमा हाम्रो घरको सुरक्षाका लागि लडिरहेका छौं’ भन्ने विभिन्न नाराका साथ हङकङमा प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन्। आन्दोलन बढ्दै जाँदा प्रदर्शनकारीहरूले बेङजिङलाई नै चुनौती दिन थालेका छन्। केही दिनअघि उनीहरूले हङकङस्थित चीन सरकारको सम्पर्क कार्यालयमा समेत तोडफोड गरेका थिए।

यो विरोध प्रदर्शन एक निलम्बन विधेयकको विरोधको रूपमा सुरू भयो, जसले चीनमा फौजदारी अभियोगको सामना गरिरहेका अपराधीहरूको वापसीको अनुमति हुने थियो।

 

 

 

प्रकाशित: २८ श्रावण २०७६ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App