coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तीन करोड बढि राजस्व संकलन

खोटाङ– करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७५/०७६ मा तीन करोडभन्दा बढि राजस्व संकलन गरेको छ। २०७५ साल चैत २८ गतेदेखि सेवा सुरु गरेको करदाता सेवा कार्यालयले ३ करोड ३६ लाख ४२ हजार राजस्व संकलन गरेको हो। बैशाखमा २ लाख २१ हजार, जेठमा ७२ लाख ५२ हजार ६ सय र असारमा २ करोड ६१ लाख ७ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय दिक्तेलका प्रमुख गोपाल राईले बताए।

करदाता सेवा कार्यालयका अनुसार बैशाखमा आयकरतर्फ ८९ हजार, बहाल करतर्फ ६ हजार, व्याजकरतर्फ ६ हजार, मुल्य अभिवृद्धि करतर्फ १ लाख र अन्त शुल्कतर्फ २० हजार राजस्व संकलन भएको छ। यस्तै, जेठमा आयकरतर्फ ६ लाख १५ हजार, बहाल करतर्फ ७ लाख ९५ हजार, व्याज करतर्फ १ हजार, मुल्य अभिवृद्धि करतर्फ ४ लाख ४१ हजार राजस्व संकलन भएको छ। जेठमा अन्त शुल्कतर्फ भने कुनै पनि राजस्व संकलन नभएको जनाइएको छ। असारमा आयकरतर्फ १ करोड ९६ लाख ८९ हजार, बहाल कर ९ लाख ४७ हजार, व्याज करतर्फ ७ लाख ७७ हजार, मुल्य अभिबृद्धि करतर्फ ४६ लाख ८० हजार, अन्त शुल्क १४ हजार राजस्व जम्मा भएको करदाता सेवा कार्यालयका प्रमुख राईले बताए।

दिक्तेलमै करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पुग्नुपर्ने बाध्यता अन्त्या भएको छ। हालसम्म एक दिनदेखि दुई दिन लगाएर सिराहाको लहान पुगेर कर चुक्ता गर्दैआएका स्थानीय आफ्नै जिल्लामा कर बुझाउन पाउने वाताबरण बनेपछि उत्साहित भएका छन्। कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मुल्या अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधनलगायतका सेवा प्रवाह गर्दै आएको छ। 

प्रकाशित: २८ श्रावण २०७६ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App