८ वैशाख २०८१ शनिबार
समाज

खुकुरी प्रहारबाट सासुसहित तीन जना घाइते

लक्ष्मण घिमिरे

अर्घाखाँची - जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्।  खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो घाइते भएको प्रहरीले जनाएको छ।

भुमिकास्थान नगरपालिका–६, खमारीबासका २७ वर्षीय चिरन घर्तीले गएराति भुमिकास्थान नगरपालिका–८, लम्चीमा रहेको आफ्नै ससुरालीमा आइ खुकुरी प्रहार गरेका थिए।  खुकुरी प्रहारवाट १८ वर्षिय श्रीमती गीता घर्ती, ४३ वर्षिय सासुआमा भुमाकला क्षेत्री र ११ वर्षिय सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताए।   खुकरी प्रहार गरेर तीनै जनालाई घाइते बनाएपछि उनी फरार रहेका छन्।

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो।  श्रीमती गीता र सालो अर्जुनको बुटबलमा पनि उपचार हुन नसकेपछि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ।

२–३ वर्ष पहिलेदेखि श्रीमान–श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए।  दुई वर्षअघि श्रीमान–श्रीमतीको झगडा प्रहरीचौकी खिल्जीमा छलफलपछि मिलाइएको थियो।  मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी फरार रहेका उनको खोजी भैरहेको प्रहरीले बताएको छ।

प्रकाशित: २८ श्रावण २०७६ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App