ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

मङ्गलबार, २८ साउन २०७६, १२ : ३५ नागरिक संवाददाता

अर्घाखाँची– जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो घाइते भएका हुन्। 

भुमिकास्थान नगरपालिका–६, खमारीबासका २७ बर्षिय चिरन घर्तीले गएराती भुमिकास्थान नगरपालिका–८, लम्चीमा रहेको आफ्नै ससुरालीमा आइ खुकुरी प्रहार गरेका थिए। 

खुकुरी प्रहारवाट १८ वर्षीय श्रीमती गीता घर्ती, ४३ वर्षीय सासुआमा भुमाकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए। खुकुरी प्रहार गरेर तीनै जनालाई घाइते बनाएपछि उनी फरार रहेका छन्। 

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्विनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो। श्रीमती गिता र सालो अर्जुनको बुटबलमा पनि उपचार हुन नसकेपछि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। 

२–३ वर्षयता श्रीमान–श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताएका छन्। दुई वर्षअघि श्रीमान–श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाइएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनै जनालाई खुकुरी प्रहार गरी फरार भएको र खोजी भैरहेको प्रहरीले जनाएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad