‘लोकतन्त्र र सङ्घीयता नै कांसको मुख्य एजेण्डा’

मङ्गलबार, २८ साउन २०७६, १३ : १० नागरिक

काठमाडाैँ - नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र  सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत गर्नु नै काङ्ग्रेसको मुख्य एजेण्डा भएको बताए ।
 
कांग्रसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उनको भनाइ थियो । साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्नेमा उनको जोड थियो । “सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन,
लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ”, शर्माले भने । राजनीतिलाई राम्रो बनाउनुपर्ने जोड दिँदै नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताए ।

मधेसका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिष्ट पार्टी र सरकार सच्चिनुपर्ने उनको धारणा थियो । देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न काङ्ग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उल्लेख गर्दै शर्माले कम्युनिष्ट सरकारलाई
आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रहसमेत गरे।
 
देश निर्माणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले संविधानले व्यवस्था गरेबमोजिम प्रवासी नेपालीलाई नागरिकताको व्यवस्था गरिने बताए । ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने रु’ प्रश्न गर्दै शर्माले मताधिकार र सम्पत्तिको स्वामित्वसहितको नागरिकताका लागि काङ्ग्रेसले पहल गर्ने बताए ।
 
नेपाली नागरिक हुनुमा गौरव मान्नुपर्ने धारणा राख्दै शर्माले भौतिक विकास र निर्माणसँगसँगै नेपाली–नेपालीबीचको भावनात्मक एकतालाई पनि गाँस्नुपर्ने धारणा राखे। कार्यक्रममा नेपाल तरुण दलका महासचिव भुेन्द्रजङ्ग शाहीले सरकार चौतर्फीरूपमा असफल भएको बताए।

समितिका सभापति विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विपी अध्ययन प्रतिष्ठान युरोपका रञ्जन ओझा, ट्रेड युनियन काङ्ग्रेसका तीर्थ खनाल, पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले बोलेका थिए।







यसमा तपाईको मत

अन्य समाचार

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

गत पुसमा सुरु दी कलिस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ को विजेता घोषणा गरिएको छ । ...

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रम "Sing with Sushant" मा सुशान्त केसीसँगको संगीतमय साँँझले "Sing with Sushant" मा युवा र संगीत प्रेमीहरुको ठूलो...

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। ...

Ncell Footer Ad