६ वर्ष यताकै उच्च विन्दुमा पुग्याे सुनको मूल्य

मङ्गलबार, २८ साउन २०७६, १३ : ०० नागरिक

काठमाडौं - सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। केही दिन स्थिर रहेको सुनको भाउ मंगलबार एक हजार रुपैयाँले बढेको छ। मंगलबार सुन प्रतितोला ७१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एक्कासी यती धेरै मूल्य बृद्धि भएसँगै आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यो मूल्य अहिले सम्मको उच्च मूल्य बृद्धि भएको महासंघले जनाएको छ। सुनको भाउमा लगातारको बृद्धिले यसपटकको चाडबाडमा पहेंलो धातुको कारोबार खासै नहुने देखिन्छ। सुनको भाउ उच्च भएपछि केही समयदेखि सुन पसलहरुमा किन्ने ग्राहकको भिड घटेको छ।

सुनको मूल्य बढेसँगै सुन किन्ने भन्दा पुरानो सुन बेच्ने ग्राहकको भिड् बढेको व्यवसायीहरु बताउँछन्। अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन्।

त्यस्तै ट्रेड वार तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढ्दै गएको हो। यसअघि तीनदिनसम्म सुन तोलाको ७० हजारमा कारोबार भएको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad