६ वैशाख २०८१ बिहीबार
समाज

लागुऔषध मुख्य चुनौती

कैलाली - पछिल्लो समय बढिरेका अपराधका घटना न्यूनीकरण गर्न लागुऔषध मुख्य चुनौती रहेको प्रहरीले बताएको छ। यो कुरा पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारको अखडा बन्दै जानुले पनि पुष्टि गरेको प्रहरीको दाबी छ। खुला सिमाना र सहज उपलब्धताका कारण दिन प्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ।

लागुऔषधकै कारण कैलालीमा जघन्य अपराध भइरहेको छ। लागुऔषध प्रयोगकर्ता नै हत्या, हिंसा, बलात्कार, चोरी–डकैतीजस्ता क्रियाकलापमा संलग्न हुने गरेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।

पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारमा महिलाको संग्लग्नता बढ्दै गइरहेको कैलाली प्रहरी प्रमुख गिरीले दाबी गरे  लागुऔषधको दलदलमा फसेका युवतीले नै देहव्यापारदेखि अन्य किसिमका अपराधका घटना बढाउने गरेको उनको भनाइ छ। यसको नियन्त्रणका लागि सुरक्षा रणनीति मजबुत बनाइएको उनको दाबी छ।

आव २०७४/७५ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका ७१ लागुऔषधसम्बन्धी मुद्दामा १०८ जनालाई प्रक्राउ गरिएकामा आव २०७५/७६ मा दर्ता भएका ८७ मुद्दामा ११७ लाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख गिरीले बताए। चालू आव २०७६/७७ को साउन १३ गतेसम्म लागुऔषधसम्बन्धी परेका पाँच मुद्दामा पाँच जनालाई पक्राउ गरेको उनले जानकारी दिए।

प्रकाशित: २८ श्रावण २०७६ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App