८ वैशाख २०८१ शनिबार
समाज

कैलालीमा शृङ्खाबद्ध चोरीका घटना बढ्याे

कैलाली - केही वर्षयता कैलालीमा शृङ्खलाबद्धरूपमा चोरीका घटना बढेका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन्। प्रदेश राजधानीमै फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढेको स्थानीयवासीको आरोप छ।

गत वैशाखदेखि असारसम्म मात्रै कैलालीमा ६० चोरीका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। आव २०७३/७४ मा १८ चोरीका घटना घटेकामा चार सवारी चोरी भएकामा आव २०७४/७५ मा २६ चोरीका घटना घटेका छन्।

यस्तै आव २०७५/७६ मा ९६ चोरीका घटना घटेकामा सात सवारी चोरीका रहेका छन्। प्रहरी तथ्याङ्कलाई हेर्ने हो भने चोरीका घटना पनि वर्षेनी बढ्दै गइरहेका छन्।
    

प्रकाशित: २८ श्रावण २०७६ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App