भूकम्पपीडितलाई नगद दिन कार्यदलमा छलफल

मङ्गलबार, १४ असार २०७३, २० : २५ दुर्गा दुलाल  | @DulalDp

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मागबारे छलफल गर्न मंगलबार साँझ शीर्ष नेता सहित बसेको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ।

नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा यस्तो प्रस्तावमाथि छलफल भएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नागरिकन्युजलाई बताए।

भूकम्पपीडित परिवारलाई तीन लाख रुपैयाँ नगद दिने विषय उठ्याे, सैद्धान्तिक सहमति भएको छ’, नेता गिरीले नागरिकन्युजसँग भने, 'विश्व बैंकसग सल्लाह गरेर दिने भन्नेे कुरा भएको  छ।’


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरुद्ध गरेपछि सो विषयमा सहमति जुटाउन शीर्ष तहमा संसद भवनमा बैठक राखिएको हो।
नयाँ वानेश्वरस्थित संसद भवनमा भएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री बाहिरिए पनि  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए। प्रधानमन्त्री ओली बैठकमा केही समय बसेर बाहिरिएका थिए। अघिल्लो सरकारले दातृ निकायसँग गरेका सम्झौता एवं कार्यविधिका कारण एकमुस्ट रकम नगद दिनलाई समस्या परेको उनले सुनाएका थिए।
कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडान राख्दै गत शुक्रबारदेखि संसद अबरुद्ध गर्दै आएको छ। माग सम्वोधन नभएसम्म संसद चल्न नदिने अडान लिएपछि प्रमुख दलले सोमबार संयुक्त कार्यदल गठन गरेका थिए।

 






यसमा तपाईको मत

अन्य समाचार

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ

२०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा...

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमले एउटा विशिष्ट च्यानल राइम्स मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । ...

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्ट प्रा. लीले आफ्नो  उपभोक्ता वर्गको लागि बिगत दुई महिना अघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका...

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

Ncell Footer Ad