७ वैशाख २०८१ शुक्रबार
समाज

घाँटी रेटिएकाे अवस्थामा पुरुषको शव फेला

तनहुँ– घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। बन्दीपुर गाउँपालिका–१, डुम्रेमा बस्दै आएका ५३ वर्षीय श्यामबहादुर शाही बन्दीपुर–४, ढुल्ढुंगामा मृत अवस्थामा सोमबार भेटिएका हुन्।

उनको शव झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले बताए। उनी आइतबार बेलुकाबाट  बेपत्ता भएको पारिवारिक स्रोतको दाबी छ।  शाहीको घाँटीमा धारिलो हतियारको चोट देखिएको एसपी सिलवालले बताए।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शाहीको शव दमौली अस्पतालमा परीक्षणका लागि राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘घटनाको अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुर मगाएका छौँ,’ सिलवालले भने।

प्रकाशित: २८ श्रावण २०७६ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App