'युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ'

मङ्गलबार, २८ साउन २०७६, ०९ : २६ नागरिक

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले सोमबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय  युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’मा उनले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिए।

विश्वभर आज ‘शिक्षामा रुपान्तरण’ र नेपालमा ‘शिक्षामा रुपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नाराका साथ सो दिवस मनाइएको छ। ‘अहिलेसम्म जीवन उपयोगी शिक्षा नभएर युवा पढेर पनि बेरोजगार भएका छन्,’ उनले भने, ‘अब प्राविधिक तथा व्यावसायिक जस्ता जीवनोपयोगी शिक्षातर्फ जोड दिनुपर्दछ।’

रक्षामन्त्री पोखरेलले उत्पादन, श्रम र रोजगारसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै सरकार त्यस्तो खालका शिक्षा दिन केन्द्रित रहेको बताए। उनले बाध्यताले विदेश जानुपर्ने स्थितिलाई बदल्नुपर्ने बताए।

नेपालमा पहिलो पटक सन् २००४ बाट विभिन्न संघसंस्थाको आयोजनामा दिवस मनाउन थालिएको हो। युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएको छ।

कार्यक्रममा युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले विकासको मेरुदण्ड युवा भएकाले राष्ट्र निर्माणको दिशामा युवालाई परिचालन गर्नुपर्ने बताए। उनले युवालाई श्रम, उत्पादन, स्वरोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने बताए।
‘युवाका आकांक्षा धेरै नै रहेका छन्। ती आकांक्षा पूरा गर्न युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्छ,’ उनले भने, ‘युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नका लागि यस वर्ष युवा परिचालन वर्ष घोषणासमेत गरिएको छ।’

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले युवाले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई सही सदुपयोग गर्न सके विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गरिन्। उनले युवाद्वारा नै राजनीतिक परिवर्तन सम्भव भएकाले अब समाज, घर, जीवन परिवर्तन गर्न जिम्मा युवाको काँधमा रहेको बताइन्।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले सार्वजनिक शिक्षामा रुपान्तरण गरेर युवालाई सक्षम बनाउनुपर्ने बताए। ‘यस वर्षको नारा पनि शिक्षासँग सम्बन्धित छ। शिक्षालाई रुपान्तारण गर्दै युवालाई उद्यमशीलतासँग जोड्न आवश्यक छ,’ उनले भने, ‘युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्दछ।’

दिवसका अवसर पारेर युवा मन्त्रालय, परिषद् र  विभिन्न युवाका क्षेत्रमा काम गर्ने संघसंस्थाले बिहान प्रभातफेरी निकालेका थिए। भृकुटीमण्डपदेखि भद्रकाली, रत्नपार्क हुँदै दिवस आयोजनास्थल नेपाल प्रज्ञा–प्रतिष्ठानसम्म पुगेको थियो।

२०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा रहेका छन्। युवाको क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकांकमा नेपाल विश्वमा ७७औं नम्बरमा रहेको छ। करिब १९.२ युवा पूर्ण बेरोजगार रहेको, कृषिमा युवाहरूको संलग्नता ५०.२ रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ।रासस







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad