coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवामा विद्युत् खपत घट्यो

रसुवा – रसुवा जिल्लामा आर्थिक वर्ष ०७५/७६ मा विद्युत् खपत घटेको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा खपत युनिट घटेपछि जिल्लामा खपत युनिट घटेको हो।

नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार अघिल्लो वर्ष एक करोड आठ लाख ९६ हजार युनिट विद्युत् मात्रै बिक्री भएको छ। यो आव ०७४/७५ को तुलनामा १७ लाख ४२ हजार युनिट कम हो।

आव ०७४/७५ मा एक करोड २६ लाख ३८ हजार युनिट विद्युत् बिक्री भएको थियो। जिल्लामा जलविद्युत् आयोजनामा वार्षिक ७१ लाख ७८ हजार पाँच सय ५१ युनिट विद्युत् खपत भएको केन्द्रले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार आव ०७४/७५ मा एक करोड १५ लाख १३ हजार रुपैयाँ रकम संकलन गरेकामा आव ०७५/७६ मा एक करोड दुई लाख सात हजार रुपैयाँ संकलन भएको छ।

जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनामा खपत बढे जिल्लामा खपत बढ्ने र आयोजनामा घटे खपत पनि कम हुने केन्द्र प्रमुख कृष्णहरि दाहालले बताए। जिल्लामा आठ हजार दुई सय १८ ग्राहक रहेका छन्।

चालु आवमा खपत युनिट कम हुने भएपनि अर्को वर्ष जिल्लामा खपत युनिट उच्च हुने आँकलन गरिएको छ। जिल्लामा निर्माण हुने आयोजना थपिँदै गएका कारण विद्युत् बिक्री बढ्ने देखिएको हो।

प्रकाशित: २८ श्रावण २०७६ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App