मानसिक रोगको ओखती

मङ्गलबार, २८ साउन २०७६, ०८ : ३६ डा. सुभाष पोखरेल

विश्व स्वास्थ्य संगठनका अनुसार संसारका झण्डै एक चौथाइ मानिसलाई जीवनको कुनै खण्डमा मानसिक तथा स्नायुसम्बन्धी रोगले सताउँछ। तर सबै पीडितले डाक्टरी सुविधा लिनुपर्ने अवस्था भने हुँदैन। समयको पर्खाइ तथा पारिवारिक सहयोगले धेरै मानसिक थकान बिसेक पार्छ। केही बिरामीको हकमा चिकित्सकीय परामर्श अपरिहार्य हुन्छ, ओखती चाहिन्छ। तर केही अभागीको हकमा उपलब्ध ओखतीले मानसिक समस्या समाधान गर्न सक्दैन। रोग वरण गर्नु नै उनीहरूको बाध्यता बन्छ।

नेपालमा कति मानसिक रोगी छन् भन्ने तथ्यांक छैन। ठोस जवाफका लागि सन् २०२१ मा सार्वजनिक हुने आशा गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ‘मानसिक रोगी गणना’ को नतिजा कुर्नुपर्ने भयो। तथापि नेपालमा मानसिक रोगीको संख्याले विश्व आँकडालाई पछ्याएको अनुमान छ। मानसिक सन्तुलन गुमाएका व्यक्ति आफ्नो दायित्व निर्वाह गर्न असमर्थ हुने भएकाले उनीहरू परिवार, समाज र राष्ट्रकै बोझ बन्छन्। दिमागी रोग संसारकै सबैभन्दा भयाबह समस्याका रूपमा देखियो अनि इलाज अन्तर्राष्ट्रिय अभियान बन्यो।

झण्डै ४० अरब कोषबाट बनेको मस्तिष्कमा लाग्ने मानसिक रोगको उपचार सजिलो भएन। त्यसैले मानसिक रोगलाई ‘ब्ल्याक बक्स डिजिज’ पनि भनिन्छ। त्यसो भन्नुको कारण मानसिक रोग किन लाग्छ र त्यसको इलाज कसरी गर्ने भन्ने सम्बन्धमा अनुसन्धानकर्ता अभैm विश्वस्त हुन  नसक्नु नै हो। जब कारक र निधानका बीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न विज्ञान असमर्थ हुन्छ तब भाग्यमा विश्वास गर्नु अनुसन्धानकर्ताको बाध्यता बन्छ।

मानसिक रोगका औषधीको आविष्कार हेर्दा अन्य प्रयोजनका लागि निर्माण गरिएका केमिकल अन्ततः डिप्रेसनको इलाजमा प्रयोग भएको देखियो। एक प्रयोजनका लागि बनाइएका ओखती अर्को रोगको इलाजमा प्रयोग हुनु आयुर्विज्ञानमा कुनै नवीन घटना होइनन्।

मानव सभ्यताको विकाससँगै मानसिक रोग पहिचान भयो। निदानका खातिर धेरै परीक्षण भए। तर इलाज निस्कन सकेन। त्यसैबीच १९ औँ शताब्दीको पूर्वार्धमा क्षयरोग महामारीका रूपमा देखियो। ब्याक्टेरियाको संक्रमणका कारण लाग्ने महारोग नियन्त्रणका लागि विभिन्न ओखती परीक्षणमा आए। त्यसै क्रममा १९५० को मध्यतिर ‘इप्रोनियाजिड’ भन्ने केमिकलले क्षयरोगीलाई ठीक गर्छ भन्ने विश्वासका साथ क्लिनिकल परीक्षण सुरु भयो। तर अचम्म, उक्त ओखतीले क्षयरोगीलाई कुनै फाइदा पु¥याएन तर दिक्दार भएर एकान्त बसेका मानिस औषधी सेवनपछि प्रफुल्ल भएर नाचगान गर्न लागे। क्षयरोगलाई प्रहार गर्न नसके पनि मस्तिष्कको समस्या समाधानका खातिर ‘इप्रोनियाजिड’ उपयोगी हुने ठानी थप अनुसन्धान गर्दा साँच्चिकै उक्त ओखतीले मानसिक थकान ठीक गरेको देखियो। परिणामस्वरूप मानसिक रोगको पहिलो औषधी बजारमा आयो। औषधी अनुसन्धानमा एउटा रोग ठीक पारेर अर्को समस्या निम्त्याउने ड्रग्स बजारबाट पलायन हुन्छ। ‘इप्रोनियाजिड’ को हकमा त्यस्तै भयो। मानसिक रोग कम गर्ने ओखतीले कलेजोमा समस्या ल्याएपछि उक्त ओखती बजारबाट बाहिरियो। मानसिक समस्या समाधानको पहिलो ओखती बजारबाट हराएपछि समस्या ज्युका त्युँ आयो।

जटिल बनोटका कारण ब्रेनलाई लक्ष्य गर्ने ओखतीको आविष्कार बढी नै चुनौतीपूर्ण भएकाले फर्मास्युटिकल कम्पनीहरू ड्रग्स अनुसन्धानका लागि धेरै उत्साहित भएनन्। मानसिक थकानको ओखतीको अन्वेषण टाढिँदै गयो। त्यसैबीच त्यसबेला बजारमा प्रचलित उक्त रक्तचापको ओखती सेवनपछि बिरामीहरु एकान्तप्रेमी अनि नैराश्य भएका पाइयो। ब्लडप्रेसरको ओखती खाँदा मानिसमा किन मानसिक थकान देखियो भनी बायोलजिक परीक्षण सुरु भयो। बिरक्तिएका मानिसको स्वास्थ परीक्षण गर्दा ‘सेरोटोनिन’ भन्ने रासायनिक पदार्थ उनीहरूको शरीरमा निकै कम भएको पाइयो। सेरोटोनिनले ब्रेनका कोषलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपले प्रभाव पारी मानिसलाई प्रशन्न राख्ने भएकाले उक्त रासायनिक पदार्थको कमीले मानिसमा नैराश्यता ल्याउनु अस्वाभाविक भएन। यसरी नैराश्यता र सेरोटोनिनको कमीका बीच सम्बन्ध स्थापित भएपछि शरीरमा सेरोटोनिनको मात्रा बढाउन सके मानिसलाई मानसिक चिन्ताबाट मुक्ति गर्न सकिने देखियो। अनि, रोगको ओखती बनाएर पैसा कमाउन औषधी उत्पादकहरू लागे। त्यसै क्रममा ‘इलाइ लिली’ भन्ने अमेरिकन कम्पनीले सन् १९८७ मा ‘प्रोजेक’ भन्ने ओखती बजारमा ल्यायो। उक्त औषधीले दुई वर्षभित्र नै संसार छायो। एउटा कम्पनीले धेरै पैसा कमाएपछि अरु पनि त्यतै झुम्मिनु व्यापारमा अन्यथा भएन। मस्तिष्कका कोषलाई चलायमान बनाइ दिमागी तन्दुरुस्ती दिन सेरोटोनिन सफल भएपछि त्यस्तै विधिले काम गर्ने झण्डै २ दर्जन ओखती बजारमा आए। धेरै किसिमका ओखती बजारमा आएपछि संसारलाई मानसिक रोग मुक्त बनाउन सकिएला भन्ने आशा थियो। तर यथार्थमा त्यसो भएन। बजारमा उपलब्ध भएका ओखतीले सबै मरिजलाई सन्चो पार्न सकेन।

ठूलो धनराशी खर्चँदा पनि डिप्रेसनमुक्त समाज बनाउन नसकेपछि संयुक्त राज्य अमेरिकाको अनुसन्धानात्मक संस्था ‘न्यासनल इन्स्टिच्युट अफ् मेन्टल हेल्थ’ ले मानसिक स्वास्थ्य क्षेत्रमा भएको प्रगतिलाई समेटन संसारकै सबैभन्दा ठूलो ‘स्टार डि’ नामक अनुसन्धानात्मक तथ्यांक संकलन ग¥यो। उक्त आँकडाले बजारमा उपलब्ध ओखतीहरूले केवल ७० प्रतिशत बिरामीलाई मात्र स्वस्थ जीवन बिताउन मद्दत गरेको देखायो। अन्य ३० प्रतिशत बिरामीको हकमा कुनै पनि ओखती प्रभावकारी भएन। यसरी भिन्न भिन्न आयाम प्रयोग गरी बनाइएका ओखतीले समेत सबै समस्या संबोधन गर्न नसकेपछि थप अनुसन्धान गरी नवीन औषधी बजारमा ल्याउन फर्मास्युटिकल कम्पनीहरू अनिच्छुक देखिए। ३ दशक मानसिक रोगका कुनै पनि नवीन ओखती बनेनन्, बिरामीको अवस्था यथास्थितिमा रह्यो।

यसैबीच यसै वर्षको मार्चमा अन्य ओखतीले काम गर्न असफल भएका मानसिक रोगीलाई लक्षित गरी फर्मास्युटिकल कम्पनी ‘जन्सन एन्ड जन्सन’ ले नाकमा स्प्रे गर्न मिल्नेखालको ‘स्प्राभाटो’ भन्ने ओखती बजारमा ल्यायो। विगतमा प्रयोग भएका ओखतीले बिरामीको अवस्था प्रारम्भमा अझ दयनीय हुने, अनि केही हप्ताको सेवनपछि मात्र सकारात्मक सुधार देखिने हुन्छ। तर ‘स्प्राभाटो’ ले आफ्नो प्रभाव सुरुका केही घण्टामै देखाउने भएकाले सुसाइडल सोचमा पुगेका मानसिक रोगीको हकमा औषधी निकै फलदायी हुने दाबी गर्छिन् क्लिनिकल ट्राइलमा संलग्न म्यासाच्युसेट्स जेनरल हस्पिटलकी डा. क्रिस्टिना कुसिन। त्यस्तै न्यासनल इन्स्टिच्युट अफ मेन्टल हेल्थका प्रयोगात्मक उपचारविद् डा. कार्लोस जराटको विचारमा नयाँ ओखतीले ब्रेनका शृंखलाबद्ध रिसेप्टरहरूलाई क्रियाशील बनाउने हुँदा अघिल्लो पुस्ताका ओखतीले सन्चो पार्न नसकेका मानसिक रोगीका लागि समेत यो औषधी फलदायी हुन्छ। औषधीको प्रभावकारिता र नकारात्मक असरका सम्बन्धमा पूर्ण जानकारी पाउन केही वर्ष कुर्नुपर्ने भए पनि उपलब्ध जानकारीका आधारमा नयाँ औषधी निकै प्रभावकारी देखियो।  .  

उपलब्ध ओखतीले काम गर्न नसकेका मानसिक रोगीको हकमा विज्ञानले समर्थन गर्ने ओखतीविहीन इलाजमा जोड दिन सल्लाह दिन्छन् अनुसन्धानकर्ताहरू। मानसिक रोगीलाई एक्सरसाइज गराउन सजिलो नभए पनि सामान्य शारीरिक व्यायामले ब्रेनका कोष क्रियाशील हुने अनि बिरामीको दिमागी अवस्थामा नजानिँदो हिसावले सुधार हुने भएकाले त्यसो गर्न उक्साउँछन युनिभर्सिटी अफ एरिजोनाका प्राध्यापक डा. एन्ड्रु बेल।

विगतका झैँ ‘स्प्राभाटो’ को आविष्कारको कथा पनि अन्यभन्दा फरक देखिएन। भियतनाम युद्धका समयमा घाइते तथा अन्य पीडामा परेका सैनिकलाई दुखाइ कम गर्न अमेरिकाले प्रयोग गरेकोे रासायनिक पदार्थ ‘किटामिन’ ले युद्धरत सैनिकको दर्द कममात्र गरेन, बरु उनीहरू थप पुलकित भएको देखिएपछि उक्त केमिकल डिप्रेसनको ओखती हुने ठानिएको थियो नै। अन्ततः त्यही केमिकलको परिमार्जन स्वरूप नवीन ओखती बजारमा भित्रियो ‘स्प्राभाटो’को नामले।
मानसिक रोगका औषधीको आविष्कार हेर्दा अन्य प्रयोजनका लागि निर्माण गरिएका केमिकल अन्ततः डिप्रेसनको इलाजमा प्रयोग भएको देखियो। एक प्रयोजनका लागि बनाइएका ओखती अर्को रोगको इलाजमा प्रयोग हुनु आयुर्विज्ञानमा कुनै नवीन घटना होइनन्। जस्तो कि औषधी उत्पादक कम्पनी फाइजरले उच्च रक्तचापको इलाज गर्ने उद्देश्यले बनाएको केमिकल अन्तमा भियग्राका रूपमा मार्केटिङ भएको यथार्थ कहाँ बिर्सन सकिन्छ र ? अरबौँ न्युरोनको जटिल संवादमार्पmत प्रवाह हुने ब्रेनका सूचनाको प्रस्ट पहिचान र मानसिक रोगका इलाज सरल विषय होइन। त्यसैले अहिलेको नवीन ओखतीले मानसिक रोगीको संख्या कटौती गर्ने भए पनि समस्या निर्मूल हुने कुरामा वैज्ञानिकहरू निश्चिन्त हुन सकेका छैनन्।

उपलब्ध ओखतीले काम गर्न नसकेका मानसिक रोगीको हकमा विज्ञानले समर्थन गर्ने ओखतीविहीन इलाजमा जोड दिन सल्लाह दिन्छन् अनुसन्धानकर्ताहरू। मानसिक रोगीलाई एक्सरसाइज गराउन सजिलो नभए पनि सामान्य शारीरिक व्यायामले ब्रेनका कोष क्रियाशील हुने अनि बिरामीको दिमागी अवस्थामा नजानिँदो हिसावले सुधार हुने भएकाले त्यसो गर्न उक्साउँछन युनिभर्सिटी अफ एरिजोनाका प्राध्यापक डा. एन्ड्रु बेल। डिप्रेसनका रोगीहरू बोल्न रुचाउँदैनन् तर उनीहरूलाई कदाचित संवादमा ल्याउन सके रोगीलाई सहजता दिन सकिने ठानेर ‘टक थेरापी’ को पक्षमा वकालत गर्ने अनुसन्धानकर्ता पनि देखिए। त्यस्तै एउटा काम गरेका बखत विपरित धारका सोचहरू दिमागमा आउँदा व्यक्तिमा बेचैनी पैदा हुन्छ र त्यसले मानसिक तनावमा भएका व्यक्तिलाई थप असहज बनाउँछ। त्यसैले दिमागलाई काबुमा राख्न योगको साधना लाभदायी हुने देखियो। त्यस्तै चुम्बकीय र विद्युतीय तरंगमार्पmत दिमागका कोषलाई क्रियाशील बनाउँदा मानसिक रोगीलाई सहज बनाउन सकिएका उदाहरण पनि स्मरणयोग्य देखिए।  

विभिन्न रोगका कारण अणुवांशिक पदार्थ ‘डिएनए’ मा आउने खराबी ठानिन्छ। त्यसै परिवेशमा हालै म्यासाच्युसेट्स जेनरल हस्पिटलका डा. रे पर्लिसलगायतका वैज्ञानिक समूहले झण्डै ५ लाख मानिसको अणुवांशिक पदार्थको अध्ययन गरी मानसिक समस्याको कारकका रूपमा हुन सक्ने डिएनएका विभिन्न १५ भाग पत्ता लगाए। मानसिक रोगको कारकका रूपमा रहेका डिएनएका विषाक्त खण्डलाई उपलब्ध ‘क्रिस्पर’ विधिमार्पmत सकुशल बनाउन सके डिप्रेसनको समस्या समाधान गर्न सकिने सोचले समेत वैज्ञानिकहरू कार्यरत देखिए।

दिमागको जटिल चरित्रका कारण बजारमा आएका ओखतीको बलले मात्र सबै मानिसमा देखिने मानसिक समस्याको समाधान सम्भव देखिन्न। जीवनलाई निरर्थक देखेर डिप्रेसनको अवस्थामा पुगेका बिरामीलाई बाँच्नुको सार्थकता देखाएरमात्र पनि सामान्य बनाएको घटना देखिए। त्यसैले मानसिक रोगीको इलाजमा ओखती सेवनलगायतका उपलब्ध सबै विधिको प्रयोग सान्दर्भिक देखिन्छ। ओखती खाएर तन्दुरुस्त बनाउन नसकिएका बिरामीलाई एक्सरसाइज, टक थेरापी तथा मेडिटेसनमार्पmत दिमागमा डोपामिन तथा सेरोटोनिन जस्ता ह्याप्पी हर्मोनहरूको उत्पादन बढाएरसमेत सामान्य बनाउन सकिन्छ भन्ने कुरा सबैले हेक्का राख्न जरुरी देखियो। मानसिक रोगका ओखतीहरूको दुस्प्रयोगले व्यक्तिलाई दुव्र्यसनी पनि बनाउन सक्छ भन्ने कुरामा सबै सचेत हुन आवश्यक छ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad