५ वैशाख २०८१ बुधबार
समाज

महिनैपिच्छे वनबाट तस्करीको काठसहित ट्रक बरामत

बिहीबार राती तस्करी गरीएको काठ लोड गरी लैजादै गरेको अवस्था नियन्त्रणमा आएको नक्कली नम्बर प्लेट टाँसिएको ट्रक

बारा– पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा ५० मिटरभित्र धनसार पुल नजिकैको वनबाट तस्करी गरीएको काठहरु लोड गरी बाहिर लैजादै गरेको अवस्थामा बिहीबार राती नम्बर प्लेट नखुलेको ट्रकलाई वन कार्यालयले नियन्त्रणमा लाएको छ।

वनबाट हरियो रुखहरु कटान गरी ट्रकमा तस्कर समूहहरुले लोड गरी लैजाँदै गर्दा ट्रक खाल्डोमा परेकोले गर्दा गस्तीमा रहेको वनका कर्मचारी र नेपाल प्रहरीले संयुक्त टोलीले त्यसलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला वन कार्यालय बाराले जनाएको छ।

ट्रकबाट बरामत गरिएको सालको गोलिया काठ

नियन्त्रणमा लिएको ट्रकको नम्बर प्लेट नखुलेको र त्यसमा चारवटा सालको गोलिया काठहरु फेला परेको जिल्ला वन कार्यालय बाराका प्रमुख भैरव घिमिरेले बताए।

तस्करीको काठसहित वनबाट नियन्त्रणमा लिएको ट्रक र त्यसमा संलगन रहेको तस्करहरुलाई कारवाही गर्नको लागि अनुसन्धान शुरु गरीएको प्रमुख वन अधिकृत घिमिरेले बताए।

वनबाट गैर कानुनि रुपमा काठ सहित पक्राउ पर्ने ट्रक र तस्करहरुबाट कारवाहीको नाममा वन कार्यालयका कर्मचारीहरुले मुद्दा कमजोर गरी रकम असुल्ने कार्यले गर्दा तस्कर समुहहरुको मनोवल बढेको स्थानीयहरुको गुनासो रहेको छ।

‘पहिला वनबाट तस्करीको काठ सहित पक्राउ परेको ट्रक र ट्रकका साहुलाई वन कार्यालयले के कारवाही ग–यो,’ आफुलाई त्यसको बारेमा थाहा नभएको प्रमुख वन अधिकृत घिमिरेले भने, ‘अहिले नियन्यणमा आएको काठ सहितको ट्रकको बारेमा अनुसन्धान गरी दोषीलाई कडा भन्दा कडा कारवाही गराउने छु।’

भादौ महिनाको अन्तिम  हप्ता पनि तामागढी ईलाका वन कार्यालयको क्षेत्रमा पर्ने जंगलबाट चोरीको काठ सहित ट्रक र रुखहरु काटिने मेसिनहरु समेत बरामत गरीएको थियो।

पूर्व—पश्चिम महेन्द्र राजमार्गबाट सय मिटर दक्षिण तर्फको वन क्षेत्रबाट तस्करहरुले कठान गरेका रुखहरुको काठ लोड गरी रहेको अवस्थामा ना ३ ख ९१८३ नम्बरको  ट्रक र २ सय ६५.८३ क्युफिट सालको गोलिया काठ नियन्त्रणमा आएको जिल्ला वन कार्यालयले जनाएको थियो।

काठ तस्करीमा प्रयोग भएको ना ३ ख ९१८३ नम्बरको ट्रक वीरगन्ज उपमहानगरपालिका ८ का बिनोद साहको नाममा रहेको उनीसँग जितपुरमा चिरान मिल भएको काठ व्यपारीले भाडामा लिएर चलाउने गरेको त्यस बेला अनुसन्धानबाट खुल्न आएको तत्कालीन जिल्ला वन प्रमुख अधिकृत जीवन ठाकुरले बताए थिए।

वनबाट तस्करीको काठ लोड गरेको अवस्थामा ट्रक नियन्त्रणमा आए पनि त्यस कार्यमा दोषी रहेका जितपुरका काठ व्यपारीलाई कुनै कारवाही नगरीएको जिल्ला वन कार्यालयकै कर्मचारीहरुल्ो गुनासो गरेका छन्।

त्यसैगरी असार २४ गते राती चोरीको काठ जंगलबाट ट्रकमा लोड गरी रहेको अवस्थामा ट्रक सहित आठ जनालाई पक्राउ परेका थिए।

भोडहाका रामएकबाल प्रसाद कलवारको नाममा रहेको ना २ ख २३९९ नम्बरको ट्रकलाई काठहरु सहित वन गस्ती टोलीले तस्कर समेतलाई नियन्त्रणमा लिन सफल भएका थिए।

जंगलको काठ ट्रकमा लोड गराई रहेको अभियोगमा जिल्ला वन कार्यालयल हेटाँैडाका उपमहानगरपालिका १७ का नारायण खड्का सहित ९ जनालाई नियन्त्रणमा लिए पनि ती सबै अभियुक्तहरु अहिले  धरौटीमा रिहा हुन सफल भएको जिल्ला वन कार्यालयले जनाएको छ।

जंगलबाट ट्रकमै चोरीको काठहरु लोड गरी रहेको अवस्थामा चार महिनाको अन्तरालमा तीनवटा ट्रकहरु नियन्त्रणमा आउनु यो उदाहरण मात्रै हो, जिल्लाको लागि ।
वनसँग जोडिएका गाउँका स्थानियहरु र बर्षै देखी बारामा रहर्दै आएका वनकै केही कर्मचारीहरुको मिलोमतोमा तस्कर समुहहरुले जंगलमै ट्रक लगेर चोरीको काठहरु तस्करी गर्ने गरेको स्थानीयहरुले बताएका छन्।

‘काठ तस्करहरु हतपति जंगलमै ट्रकलाई काठ तस्करी गर्नको लागि पक्रउ पर्ने डरले ल्याउँदैनन्,’ जैतापुरका किसुन चौधरीले भने, ‘वन कर्मचारी र स्थानीयहरुको  सहयोगले गर्दा तस्करहरुको मनोवल बढे पछि मात्रै तस्करहरु काठ चोरी गर्नको लागि जंगलमा  ट्रक प्रवेश गराउने गरेका छन्।’

वनबाट काठ तस्करी गराउनकै लागि बारा,पर्सा र रौतहटमा घर भएका अधिकृत स्तरका कर्मचारीहरु अन्य जिल्लाहरुमा सरुवा भए पनि राजनितिक दवाव र आर्थिक चलखेलले जिल्ला वन कार्यालय बारामा नै दुई बर्ष भन्दा बढि समय सम्म बस्ने गरेका छ।

प्रमुख वन अधिकृत घिमिरेले काठ तस्करी गराउने कार्यमा कुनै कर्मचारीको संलगन्ता देखिए भने त्यसलाई समेत कारवाही गरीने बताए।

 

प्रकाशित: २६ कार्तिक २०७३ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App