coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

'फिल्मको पात्र र म फरक व्यक्ति हुँ'

काठमाडौं - अभिनेत्री दिया मास्के क्याजुअल र ट्रेन्डी ड्रेसअपमा देखिन मनपराउँछिन्। प्रायः जिन्स पेन्ट र टप्समा देखिन मनपराउँने उनी पारिवारिक जमघटमा भने साडीलाई प्राथमिकतामा राख्दछिन्। फिल्ममा स्क्रिप्ट अनुसार पात्रलाई न्याय दिने सक्रिय उनी भन्छिन्, ‘फिल्ममा काम गर्दा म दिया मास्के नभएर पात्रलाई न्याय दिने काम गर्दछु। यसका लागि वान पिसदेखि साडीमा देखिन तत्पर हुनुपर्दछ।’

उनको बुझाईमा सहज ड्रेसनै आफ्नालागि फेसन हो। कुशल रंगकर्मीभन्दा डान्सरका रूपमा चिनाउन रुचाउने उनी फिल्म र वास्तविक जीवनशैली फरक हुने तर्क गर्छिन्। फिल्मको प्रस्ताव आएपनि स्क्रिप्टमा ध्यान दिने उनी परिवारिक माहोलमा रमाउन मन पराउँछिन्। ‘खास म फेसन प्रति त्यति सचेत छैन्। मेरो बुझाईमा फेसन भनेको सहज हुनुपर्दछ। मलाई मनपरेको ड्रेसहरू लगाउँदा मलाई सहज हुनुपर्छ,’उनी भन्छिन्।

फिल्ममा देखिए जस्तो व्यक्तिगत जीवनमा नभएर त्यसको ठ्याक्कै बिपरित भएको उनी ठोक्कुवा गर्छिन्।  ‘म झ्याप्पै जो कोही घुलमिल हुने, फेसनमा निकै अपडेट हुन्न्। खासमा म निकै लजालु छु। तसर्थ फिल्म देखिए जस्तो म छैन्,’ उनले भन्छिन्। उनलाई फिटिङ् ड्रेसभन्दा कुर्ती बढी सहज लाग्छ।

अरुले लगाएको देखेर भन्दा पनि आफुलाई सुहाउँदो र आरामदायी पहिरन गर्नु पर्ने उनी सुझाउँछिन्। फेसनेवल हुनुको अर्थ फेसन अपडेट हुनु मात्र नभएर आरामदायी र शरिरलाई सुहाउँदो ड्रेस लगाउनु रहेको उनी बताउँछिन्। व्यक्तिले लगाएको ड्रेस, अरुसँग गर्ने व्यवहार, बोल्ने तरिका, कुनै पनि विषयलाई बुझ्ने क्षमता सबै फेसनमा नै पर्ने भएकाले बाहिरी आवरणको भन्दा पनि भित्री आवरणलाई सुसज्जित गर्नुपर्ने उनले बताइन्।

प्रकाशित: २८ श्रावण २०७६ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App